पहिलो टेष्टको पहिलो दिन न्युजिल्याण्ड सामु भारत ४६ रनमै अलआउट

0 Shares

बेंगलुरु, एजेन्सी । न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्टको पहिलो इनिंगसमा भारत घरेलु मैदानमा सर्वनाक प्रर्दशन गरेको छ ।
बेंगलुरुमा पहिलो दिन बर्षाको कारण खेल हुन नसकेपछि दोश्रो दिन आज विहिवार पनि बर्षाले आफनो असर देखाउन कुनै कसर बाकि राखेनन् । भारतले घरेलु मैदानमा ४६ रनमै अलआउट हुन पुगे ।
३१.२ ओभर मात्र खेलेको भारतका लागि ऋषव पन्तले सबैभन्दा बढी २० रन र ओपनर यशस्वी जैसवालले १३ रन जोडेका थिए । अन्य व्याटरले कुनै दोहोरो अंकमा पुग्नै सकेनन् । भारत यस भन्दा अघि अष्ट्रेलियाको एडिलेडमा ३६ रनमै अलआउट भएको थियो ।
बिहीबार बेंगलुरुमा बनेको ४६ रन भारतको तेस्रो कम स्कोर छ । भारतलाई सस्तोमा अलआउट गर्न बलिङमा न्युजिल्यान्डका म्याट हेनरीले ५ विकेट र विलियम ओरौउरेकले ४ विकेट लिए ।
हेनरीले १३.२ ओभरमा ३ मेडन राख्दा १५ रन खर्चिए । हेनरीले यससँगै टेस्टमा सय विकेट समेत पूरा गरे । विलियमले १२ ओभरमा ६ ओभर मेडन फ्याँक्दा २२ रन दिए ।
समाचार तयार पारुनजेल सम्म न्युजिल्याण्डले ५० ओभरमा ३ विकेट गुमाउदै १८० रन बनाई विशाल स्कोर बनाउने तर्फ अग्रसर भईरहेको छ । न्युजिल्याण्डको रचिन रविन्द्र २२ रन र डेभिड मिचेल १४ रन बनाएर क्रिचमा रहेको छ ।
भारतको पाँच ब्याटर शुन्यमा पवेलियन फर्किए । जसमा विराट कोहली, केएल राहुल, सर्फराज खान, आर अस्वीन, जडेजा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार