टेक्सास, एजेन्सी । सुपर ओभरमा अमेरिकालाई हराउदै नेपालले ३ टी–२० सीरिज माथि कब्जा जमाउन सफल भएका छन् ।
अमेरिकाको टेक्सास स्थित डालसमा आज भएको खेलको नतिजा सुपर ओभरबाट निस्किएपछि नेपाल एतिहाँसिक उपाधी चुम्न सफल भएका हुन् ।
नेपालले दिएको १७१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा अमेरिका २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेका थिए । सुपर ओभरमा सोमपाल कामीको घातक बलिंगको सामु अमेरिका घुटना टेके । सुपर ओभरमा नेपालको तर्फबाट सोमपाल कामी बल फाले । शुरुको दुई बलमा दुई रन बनाएका अमेरिका एक पछि अर्को विकेट गुमाएपछि नेपाललाई जितको लागि ३ रन चाहिएको थियो । त्यसपछि कप्तान रोहित कुमार पौडेल र कुशल भुर्तेलले सुपर ३ रन बनाउँदै सुपर ओभरमा नेपाललाई जित दिलाए ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले २० ओभरमा ६ विकेटको क्षतीमा १७० रन बनाएको थियो । १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगे ।
नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । उनी प्लेअर अफ दि म्याच बने । अमेरिकाका लागि आन्द्रे गौसले ६२ रन बनाए । एजेन्सी।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन