तराई टप संवाददाता
रौतहट, १६ कार्तिक । नेकपा एकिकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपालले प्रधान न्यायाधिशको राजिनामाको विषयलाई लिएर उत्पन्न गतिरोधलाई अन्त्य गर्न पाँच दलिय गठबन्धनको सरकारले चाँडै ठोस निर्णय बताउनु भएको छ ।
नेकपा एकिकृत समाजवादी रौतहटद्धारा चन्द्रपुरमा मंगलवार विहान आयोजित पत्रकार सम्मेलनमा उठेको प्रश्नको जवाफ दिदै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो । संबैधानिक निकाय जस्तो न्यायायिक संस्थामा प्रधान न्यायाधिश चोलेन्द्र शम्शेर जबराको राजिनामाको बिषयमा किन पाँच दलिय गठबन्धनको सरकार चुप लागेर बसेको प्रश्नको जवाफमा अध्यक्ष नेपालले प्रधानमन्त्री नेपाल बाहिर रहेको हुँदा कुनै निर्णय हुन नसकेको उहाँ आउने वित्तिकै सत्तारुद्ध गठबन्धनको बैठकबाट गतिरोध अन्त्य हुने बताए ।
केपी ओली जस्ता एक नम्वरको गफाडीको कारण भताभुंग भएको अवस्थामा सत्ता सम्हालेका वर्तमान पाँच दलिय गठबन्धनको सरकार सामु धेरै कुरा सुधार गरेर अघि बढ्नु पर्ने चुनौती आएको हुँदा हावाताल एवं ओली जस्तो नभई देश र जनताको हितमा समर्पित भएर अगाडी हिड्ने स्पष्ट पारे ।
देश बनाउने कुनै भिजन नभएको, कुनै प्लानिंग नभएको, मुलुकको जनताको हित हुने गरी विकासको खाकाहरु कसरी कोर्ने जसले आउदो १०० बर्ष सम्मलाई पुग्ने जस्ता ज्ञान नभई मात्रै उखान टुका एवं गफाडी कुरा गर्दै जनतामा संघिय लोकतान्त्रिक गणतन्त्र माथि विरक्त बनाउने काय बाहेक ओलीले केही नगरेको आरोप लगाए ।
पटक पटक गफाडी व्यक्ति ओली रहेको दोहोराउदै अध्यक्ष नेपालले हत्यारा, बलात्कारी, भ्रष्टाचारी, लगायत प्रतिगमनकारी शक्तिहरुको जमातको रुपमा रहेको ओलीको कारण मुलुकको अवस्था धेरै खराव भएको तर दुई तिहाईको सरकारलाई सर्वोच्च अदालतको निर्णयबाट लोकतान्त्रिक पद्धतीको पाँच दलिय सरकार स्थापना भई जनहितमा कार्यमा समर्पित भएको स्पष्ट पारे ।