गफाडी प्रवृतिबाट मुलुक मुक्त भएको समाजवादी अध्यक्ष माधवकुमार नेपालको दाबी

   १६ कार्तिक २०७८, मंगलवार १६:३९  

तराई टप संवाददाता
रौतहट, १६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको गफाडी एवं निरंकुश्ता प्रवृतिबाट मुलुक मुक्त भएको बताएको छ ।
नेकपा एमालेमा विद्रोह गरी नेकपा एकिकृत समाजवादी पार्टी गठन गरेपछि पहिलो पटक गृहनगर गौर आउनु भएको माधवकुमार नेपाले दिपावली एवं आस्थाको पर्व छठको शुभ अवसरमा गौरको व्यारक मैदानमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भउको हो ।
वर्तमान सत्तारुढ गठबन्धन आउदो निर्वाचव सम्म रहने र गठबन्धनको हिसावमा तालमेल गरी निर्वाचनमा जाने संकेत दिदै उनले देश र जनताको लागि स्वार्थवादी राजनितिबाट सबैलाई टाढा रहेमा मात्रै मुलुक बन्न सक्ने स्पष्ट पारे ।
केपी ओलीको गफाडी पाराको कारण मुलुक ठूलो दुर्घटना हुनबाट जोगियो । पानी जहाज, घर घरमा ग्याँसको पाइपलाईन जोड्ने, हवाबाट विजुली निकाल्ने, नेपालमा रेल कुदाउने जस्ता विना भिजनको हावादारी गफ दिएर मुुलुकको जनतालाई मुर्ख बनाउने कार्य भएकोमा ओली प्रवृतिबाट सत्ता मुक्त गरिएपनि मुलुबाट ओली प्रवृतिलाई सफाया गरिएमा मात्रै संघिय लोकतान्त्रिक गणतन्त्र स्थायीत्व हुने विचार व्यक्त गरे ।


बिगतमा केपी ओलीले निरकुश तरीकाबाट काम गरेकाले सर्वोच्च अदालतले संबिधानको रक्षा गरेको अध्यक्ष नेपालको भनाई छ । प्रदेश २ को समग्र बिकासको लागि आफुले बिगत देखि नै छलफल चलाउदै आएको बताए । बिगतमा आफुले शिलान्यास गरेको पुलहरु षड्यन्त्रपूर्वक अलपत्र पारेको गुनासाहरु गर्दै मेरो निकटको व्यक्तिहरुलाई साइड लगाउने कार्य मात्रै ओलीबाट भएको हुँदा नयाँ सोच र नयाँ ढंगबाट मुलुक निर्माणको लागि एकिकृत समाजवादी पार्टी स्थापना गरिएको हुँदा जनताको माया स्नेह आफू तर्फ उल्लेख संख्यामा आकर्षित भईरहेको बताए ।
मेरो कुरा नि ब्युरोक्रेसीले सुनेनन्, काठमाण्डौ मा आफ्नो क्षेत्रको बाटो को बिषयमा सदनमा पटक पटक कुरा उठाएको, कर्मचारीलाई भनेको तर सुनवाइ नभएको उनको भनाइ छ । चुनाव खर्चिलो बन्दै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नु पर्ने पक्षमा आफू रहेको उनले धारणा राखे । अर्ली इलेक्सन आवश्यक नरहेको बताए ।


रौतहट नेपालमय बनेको महसुस


नयाँ पार्टी स्थानपना गरेपछि पहिलो पटक गौर आउनु भएको माधवकुमार नेपालको स्वागतमा सात हजार भन्दा बढि जनताहरु उनलाई स्वागत गर्दा उनले पनि दिपावली तथा आस्थाको पर्व छठ पुजा भव्य एवं सभ्य रुपमा मनाउन उस्थित जनसमुदाय तथा जिल्लाबासीलाई शुभकामना अध्यक्ष नेपालले दिए ।
सो कार्यक्रममा संविधान सभाका सदस्य रामकुमार भटराई, डा. बंशिधर मिश्र, साँसद सरला यादव, नागेन्द्र चौधरी, युवा नेता शम्भु साह सहितका नेताहरु मंचाशिन रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै