रौतहट, १३ कार्तिक । चन्द्रपुर नगरपालिकाको राजपैंडामा रहेका श्री आधारभुत विद्यालयका प्रधानाध्यापक भवन निर्माणमा रकम अनियमितता गरेको रहस्य बाहिरिएको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ५ राजपैडा गाउँ स्थित रहेका श्री आधारभुत बिद्यालयका प्राध्यानाध्यापक किसोरी चौधरीले भबन निर्माण गर्ने कार्यमा आर्थिक अनियमितता गरेको रहस्य बाहिरिएको हो ।
प्रधानाध्यापक चौधरीले किर्ते हस्ताक्षर र छाप प्रयोग गरेर चार कोठे बिद्यालय भबनको रकम अनियमितता गरेको बताइएको छ । राष्ट्रिय बाणिज्य बैकमा रहेको बिद्यालयको खातामा चन्द्रपुर नगरपालिकाले जम्मा गरेको राष्ट्रिय योजना आयोगको बिशेष अनुदानको ५३ लाख ९८ हजार २ सय ८९ रुपैया ५२ गरिएका थिए ।
उक्त पैसा मध्ये चन्द्रपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत हरीलाल पुरीको किर्ते दस्तखत र नगरपालिकाको नक्कली छाप र चलानी बनाई प्राध्यानाध्यापक चौधरीले मुल्य अभिबृध्दि कर सहित २३ लाख ८ हजार ४ सय ७३ रुपैया अनियमितता गरेको खुलेको पुष्टि भएको छ ।
बिद्यालयको चार कोठे भबन निर्माण गर्न चन्द्रपुर नगरपालिकाले २०८० असार २० गते ब्रम्ह्बाबा कन्स्ट्रक्सन चन्द्रपुर–१ संग सम्झौता गरी निर्माण कार्य सम्पन्न गरिसक्दा समेत प्राध्यानाध्यापक चौधरीले रकम भुक्तानी गर्नुको साटो आफैले पटक पटक रकम निकालेर नीजी प्रयोजनमा खर्च गरेको पाइएको छ ।
प्राध्यानााध्यापक चौधरीले २०८० पौष १८ गते २० लाख यस्तै निर्माण ब्यबसायी लाई दुई पटक भुक्तानी गर्दा कट्टा भएको मुल्य अभिबृध्दि कर आन्तरिक राजश्व कार्यालयमा जम्मा गर्नु पर्ने ३ लाख ३८ हजार ४ सय ७३ रुपैया समेत झोवाम्म गरेको पारेका छन् ।
बिद्यालयको खातामा रकम जम्मा गरेपछि चन्द्रपुर नगरपालिकाले बैंकलाई पत्राचार गर्दै रकम रोक्का राखेको थियो । सो रकम चन्द्रपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीको किर्ते दस्तखत छाप र चलानी नम्बर प्रयोग गर्दै राष्ट्रिय बाणिज्य बैकबाट उक्त रकम फुकुवाको ब्यहोराको चिठी बनाएर प्राध्यानाध्यापक चौधरीले रकम हिनामिना गरेको पाइएको छ ।
यस सम्बन्धमा बिद्यालयका प्राध्यानाध्यापक किसोरी चौधरीले गल्ति भएको स्वीकार गरे । प्राध्यानाध्यापक चौधरीले रकम फुकुवाको लागि राष्ट्रिय बाणिज्य बैकमा बुझाएको चन्द्रपुर नगरपालिकाको पत्रमा ११३१ नम्बरको चलानी लेखिएपनि नगरपालिकाको उक्त चलानी नम्बरमा साधन प्रयोगको लागि साहिल ट्रेड एण्ड सप्लार्यस चन्द्रपुुर–४ को नाममा रहेको बुझियो ।
चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण नीधि तिबारीले किर्ते कागजपत्रको आधारमा रकम हिनामिना गर्ने प्राध्यानाध्यापक विरुद्ध कानुनी कारबाही गरिने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन