डालस (टेक्सास), १४ कार्तिक । आइसीसी मेन्स क्रिकेट विश्वकप लिग–२ अन्तर्गत गएराति सम्पन्न भएको खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।
अमेरिकाको टेक्सास स्थित डालस ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिलो ब्याटिंग गरेका स्कटल्याण्डले ४१.४ ओभरमा सबै विकेट गुमाई १५४ रनमा बनउन सके । स्कटल्याण्डलाई ब्याकफुटमा धकेल्न नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनको कारण १५४ रनमै रोकिदिए ।
सन्दी लामिछाने ३, करन केसी, सोमपाल कामी, गुल्सन झाले समान २–२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले सर्वाधिक ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् ।
स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५–२५ रनस्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १–१ विकेट लिए ।
लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।