भारतीय सरकारको आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्वर ३ आँबुखैरेनी स्थित क्याम्पस भवन निर्माण गरिएको छ ।
भारत सरकारद्धारा प्रदत गरिएको आर्थिक सहयोग तथा भारतीय राजदूतावासको समन्वयमा निर्माण भएका क्याम्पस भवनलाई एक समारोहका बिच राजदुतावासका प्रथम सचिव अविनाशकुमार सिंहले उदघाटन गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको उपस्थितिमा क्याम्पस भवनको उदघाटन गरिएको बताइएका छन् ।
भारतीय दूतावासको २ करोड ७३ लाखको लागतमा क्याम्पसको भवन निर्माण गरिएको छ । क्याम्पस भवनका लागि फर्निचर खरिद गर्न दूतावासले २२ लाख सहयोग गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि केसीले बताए । २०६९ फागुनमा निर्माण सुरु भएको भवन २०७२ मा निर्माण सम्पन्न भएको थियो । दुईतले २४ कोठा भएको भवनमा स्नातक तहका विद्यार्थी अध्ययनरत छन् ।
नयाँ भवन निर्माण पछि पठनपाठनमा सहयोग पुगेको क्याम्पस प्रमुख बाबुराम देवकोटाले बताए । क्याम्पसमा तीन सय सात विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ९० प्रतिशत छात्रा छन् । भारतीय दूतावासका प्रथम सचिव सिंहले भारतले नेपालको स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको र सहयोगलाई निरन्तरता दिने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन