सर्लाही, १९ कार्तिक । सर्लाहीको बरहथवा नगरपालिकामा निर्माणाधिन घरको पर्खाल भत्दिा त्यसमा चेपिएर एक मजदुरको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका वडा नम्वर ७ स्थित राजनारायण साहको निर्माणाधिन घरमा शौचालयको ट्याँकी बनाउन खाल्डा खनिरहदा घरको पर्खाल आईतवार दिउसो भत्एिपछि त्यही कार्यरत बसबरिया गाँउपालिका ३ का १७ बर्षिय मजदूर रवीन माझी चेपिएर गम्भीर घाईते भएको थिए ।
गम्भीर घाईते माझी संगै सोही स्थानका १९ बर्षिय विकासकुमार महतो घाइते भए । दुबै जनालाई तत्कालै बरहथवामै एक निजि अस्पतालमा उपचार भईरहदा सोही क्रममा माझीको मृत्यु भएको र महतोको स्वास्थ्य अवस्थामा सुधार आईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट बुझिएको छ ।
मृतक माझीको शव बरहथवाबाट प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरेर मृतक परिवारलाई शव जिम्मा लगाई घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट