स्वच्छ खानेपानीको लागि आज साँझ ५ बजे देखि इशनाथमा आमरण अनसन सुरु गर्दै स्थानीयहरु

0 Shares
औरैया (रौतहट), २० कार्तिक । रौतहटको इशनाथ नगरपालिकाको औरैयामा करिव दुई दशक भन्दा बढि पुरानो रहेका खानेपानीको व्यवस्थापन लथालिंग अवस्थामा पुगेपछि त्यसको सुधारका लागि स्थानीय उपभोक्ताहरु आज देखि आमरण अनसन सुरु गरेका छन् ।
स्वच्छ खानेपानी जनताहरुलाई उपलब्ध गराउनुपर्ने माग राख्दै औरैया खानेपानी बचाउँ अभियान इशनाथ नपा– २, ३ औरैयाले विभिन्न ६ सुत्रिय माग राखेर कार्तिक १२ गते देखि रिलेअनसन सुरु गरेका थिए । स्थानीय बासिन्दाहरुलाई स्वच्छ खानेपानी पाउनपर्ने मागहरु राखेर रिले अनसनमा ८ दिन बसेपनि स्थानीय सरकारबाट कुनै सुनवाइ नहुँदा बाध्य भई आज मंगलवार साँझ ५ बजे देखि आमरण अनुसन सुरु गर्ने तयारी पुरा भएको आन्दोलनरत स्थानीय बासिन्दाहरुको तर्फबाट प्रवक्तामा नियुक्त हुनुभएका जयप्रकाश साहले जानकारी दिएका हुन् ।
प्रवक्ता साहका अनुसार २०५२ साल देखि संचालनमा आएका औंरैया खानेपानी योजना २०५९ साल सम्म जेनतेन संचालन भएपनि २०६० सालमा व्यक्तिको नाममा खानेपालीलाई दर्ता गरायो । गाउँका केही टाढाबाढाहरुको कारण ११ बर्ष सम्म संचालन भएपछि जिल्ला खानेपानी आयोजनाले उपभोक्ताहरुको साधारण सभाबाट समिति गठन गरेर ल्याउन भनिएपनि समिति गठन भएन ।
विगत २० बर्ष देखि व्यक्तिकै नाममा दर्ता गरेको र सोही व्यक्ति खानेपानी उपभोक्ता समितिको अध्यक्ष रहिआएको तथा उक्त समितिका कतिपय सदस्यहरुको देहाबसान भईसकेता पनि समिति नयाँ गठन गर्न सकिएन । पुरानो समितिले उपभोक्ताहरुबाट उठाउन नसकेका रकम, तथा उठेका रकमलाई आर्थिक अनियमितता गरेको सहित विभिन्न बहानामा त्यहाँका जनताहरु स्वच्छ खानेपानी पाउनबाट बञ्चित रहदै आएको परिस्थितिलाई मनन गर्दै विरोधका कार्यक्रमहरु सुरु गरिएको साहले भने ।
जनताहरुले शुद्ध खानेपानको व्यवस्था गर्नुपर्ने, आ.ब. २०८०÷०८१ सम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, विधान अनुसार खानेपानी उपभोक्ता समितिको पदावधि ५(पाँच) बर्ष को रहेको र हाल सम्म उपभोक्ता समितिले साधारण सभा नगराएको हुँदायथाशिघ्र गराउनुपर्ने, उपभोक्ता समितिले खानेपानीको सम्पत्ति हिनामिना गरेकोले सम्पूर्ण सम्पत्तिको सार्वजनिक गर्नुपर्ने, उपभोक्ता समितिको पदाधिकारी सहितको नामावली सार्वजनिक गर्नुपर्ने तथा खानेपानीको कम्पाउण्ड भित्र रहेका रुखहरु कुन प्रक्रियाबाट विक्री गरिएको सार्वजनिक गर्नुपर्ने सहितको ६ सुत्रिय माग राखेर रिले अनसन र आज साँझ ५ बजे देखि आमरण अनुसन सुरु गर्दैछन् ।
आमरण अनुसन सुरु गर्नु अगावै प्रवक्ता साहले आज साँझ देखि सुरु हुने खानेपानीको लागिको आमरण अनसनमा हामी आफनो जिवनको आहुती दिने नत्र भने माग पुरा गराएर मात्रै अनसन सम्पन्न हुने चेतावनी दिए । इशनाथ नगरपालिकाको कार्यालयलाई थाहा भएपनि कुनै वास्ता नगरेर अघि बढिरहेको हुँदा अवको संघर्ष वार पारको सुरु गर्ने त्यसमा हुने सम्पूर्ण क्षतिको जिम्मेवारी इशनाथ नगरपालिकाको हुने समेत उनले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।