चिनियाँ सेनाद्धारा नेपाली सेनालाई ३ लाख कोभिड १९ विरुद्धको भ्याक्सिन सहयोग

385 Shares

काठमाडौं, २२ कार्तिक । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिड १९ को विरुद्धको भ्याक्सिन उपलब्ध गराएको छ ।
चिनियाँ सेनाको तर्फ नेपाली सेनालाई उपहार स्वरुप ३ लाख डोज कोभिड १९ विरुद्धको भ्याक्सिन चिनियाँ राजदुत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई सोमवार हस्तान्तरण गरिन । भ्याक्सिन संगै १० वटा भेन्टिेलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको हो ।
नेपाली सेनाले आज एक प्रेस विज्ञप्ती मार्फत चिनियाँ सेनाले उपलब्ध गराएको भ्याक्सिन सहितको स्वास्थ्य सामग्री चिनियाँ राजदुत यान्छीले प्रधान सेनापतीलाई जंगी अडामा हस्तान्तर गरिएको तथा यस किसिमको सहयोगबाट दुई देशविच सेनाको सम्बन्ध थप मजबुत भएको विश्वासको रुपमा लिइएको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार