अबैध हातहतियार र नक्कली नेपाली नोट सहित दुई भारतीय नागरिक सर्लाहीमा पक्राउ

0 Shares
सर्लाही, २० कार्तिक । नक्कली नेपाली नोट र हातहतियार सहित दुई भारतीय युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेका छन् ।
भारतको मेजरगन्जबाट सर्लाहीको गोडैता नगरपालिका वडा नम्वर १२  मधुवनी गाउँ तर्फ आउने सडकमा अवैध हातहतियार र अवैध पैसाको कारोवार भइरहेको  सर्लाही प्रहरीले विशेष सुराकीको आधारमा सूचना पाएपछि प्रहरी परिचालन गरेर भारत विहार राज्यको सीतामढी जिल्ला बसबिट्टा पञ्चायत रसुलपुर गाउँका २६ बर्षिय कुन्नु पटेल र सोही स्थानका ३० बर्षिय मुकेश पटेललाई नेपाली नक्कली नोट र हातहतियार सहित पक्राउ गरिएका हुन् ।
नेपाल भारतको सीमावर्ती क्षेत्रमा अवस्थित मधुबनीबाट पक्राउ परेका भारतीय नागरिकको साथबाट खिया लागेको फलामको नलकटुवा पेस्तोल एक थान, के एफ आईट एमएम लेखिएको ६ राउण्ड र के एफ नाइन एमएम लेखिएको चार राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
यस्तै पटेलद्धयले बोकेको झोलाबाट १० वटा बण्डलमा रहेको एक हजार दरको नेपाली नक्कली नोट र नोटभित्र हजारको नोटकै आकारमा काटिएको कागज बरामद भएको उनले भने ।
पटेलद्धय दुवै जना नक्कली नोटको कारोवारमा संलग्न सक्रिय गिरोहका सदस्य रहेको सर्लाही प्रहरीले दाबी गरेका छन् । पक्राउ परेका दुबै जना हिँडेर नेपालतर्फ आउँदै गर्दा हातहतियार र नक्कली टोल सहित पक्राउ परेका थिए ।
दुवै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएर सर्लाही प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।