पशुपति देखि काशी विश्वानाथ सम्म मोटरसाइकल रयाली हुने

554 Shares

तराई टप संवाददाता
काठमाडौं, २२ कार्तिक । नेपाल र भारत बिच आदी काल देखि कायम रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यबाट पशुपतिनाथ देखि काशी विश्वनाथ सम्म मोटरसाइकल रयाली हुने भएको छ ।
नेपाल र भारतबीच साँस्कृतिक सम्बन्धलाई स्थापित गर्नका निमित्त नेपाल स्थित भारतीय दुतावासको आयोजनामा कार्तिक २५ गते देखि पशुपतिनाथ देखि काशी विश्वनाथ सम्म मोटरसाइकल रयाली हुन लागिएको हो ।
भारतीय दुताबास काठमाडौंको आनुसार कातिक २५ गते अर्थात विहिवार विहान पशुपतिबाट मोटरसाइकल रयाली निस्कने छ । भारतको उत्तर प्रदेशको बनारसमा रहेको काशी विश्वनाथ सम्म सो मोटरसाइकल रयाली पुग्नेछ । मोटरसाइकल रयालीमा नेपाल र भारतको गरी ५० जना युवाहरु सहभागी हुने दुतावासले जनाएका छन् ।
केही भारतीय युवकहरु मात्रै सहभागी हुने तथा अधिकाँश नेपालीहरु उक्त रयालीमा सहभागी हुने बताइएको छ । कार्तिक २५ गते हिडेको मोटरसाइकल रयाली २७ गते बनारसमा पुग्ने विश्वास लिएको छ । नेपाल र भारतबीच सदियौं देखि रहँदै आएको साँस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको भारतीय दूतावासले जनाएको छ ।
यो कार्यक्रमले दुई देशको सम्बन्ध अझ बलियो हुने विश्वास दूतावासले लिएको छ । रयालीको उद्घाटन कसले गर्ने भन्ने विषयमा भने छलफलहरु चलिरहेको दूतावास श्रोतबाट बुझिएको छ ।

सम्बन्धित समाचार