रौतहट, २५ कार्तिक । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निर्वतमान मन्त्री एवं एमालेका नेता लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको आग्रहमा मोरंग प्रहरीले विराटनगर स्थित अधिकारीलाई उनको निवासबाट पक्राउ गरेका हुन् ।
पक्राउ परेका एमाले नेता अधिकारीलाई आजै १ बजे हवाईजहाज मार्फत् काठमाडौं पठाउने तयारी प्रहरीले गरेको श्रोतले बतायो ।
कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिला मन्त्री अधिकारी विरुद्ध मानव तस्करीको आरोप लागेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनी सँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइ दिएको थियो ।
मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन समेत गरे ।
शनिबार एमालेको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन