फायल तस्वीर
नेपालको पूर्वी नाका भएर बंगलादेशी नागरिकलाई नेपाल प्रवेश गराउने गिरोह यतिखेर सक्रिय रहेको पाइएको छ ।
बंगलादेशी नागरिकलाई भारतको नक्कली आधार कार्ड बनाएर गैरकानुनी रुपमा नेपाल प्रवेश गराउने गिरोह सक्रिय रहेको र त्यस्ता गिरोह माथि सुक्ष्म निगरानी राखेर पर्दाफाश गरेको हो ।
भारत–नेपाल सीमामा नक्कली आधार कार्ड बनाएर बंगलादेशीलाई नेपाल प्रवेश गराउने गिरोह मध्येका एक भारतीय नागरिक सोनाई सरकारलाई शुक्रबार प्रहरीले पक्राउ गरेपछि उक्त गोरखधन्धाको पर्दाफाश भएको छ ।
गोप्य सूचनाका आधारमा खोरीबारीको बतासी बदराजोत स्थित एक अनलाइन सेन्टरमा प्रहरीले छापा मारेका थिए । त्यस क्रममा तीन थान नक्कली आधार कार्ड सहित कम्प्यूटर, हार्ड डिस्क र प्रिण्टर प्रहरीले जफत गरेको थियो ।
अभियुक्त सोनाई सरकारलाई पंश्चिम बंगाल सरकारले शनिबार सिलिगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार अभियुक्तलाई यसअघि गत २ अक्टोबर २०२३ मा बंगलादेशी नागरिक संग अबैध आधार कार्ड बेचेको आरोपमा पक्राउ गरेर छाडिएको थियो ।
नक्सलबारी प्रहरी चौकीकी उपप्रमुख नेहा जैनले छापा मारेका स्थानमा केही नेपाली समेत नक्कली आधार कार्ड बनाउन पुगेको बताइन् । नक्कली आधार कार्ड बनाए बापत गिरोहले १० देखि २० हजार भारतीय सम्म असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
खास गरेर पूर्वी नाका वारपार गर्न भारतीय सुरक्षाकर्मीले अनिवार्य रूपमा परिचय पत्र माग्ने गरेका छन् । जसका कारण बंगलादेशी, भुटानी, बर्मेली र रोहिङग्या शरणार्थीहरू नक्कली आधार कार्डका आधारमा निर्वाध रुपमा नेपाल आउजाउ गर्दै आएका छन् । यसले नेपाल र भारतको सुरक्षामा गम्भीर चुनौती खडा गरेको मिडिया रिपोर्टका माध्यमबाट पंश्चिम बंगालको सुरक्षा अधिकारीले चिन्ता व्यक्त गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन