बलिउड चलचित्र सुर्यबंशीको नेपालमा बम्पर ओपनिंग

634 Shares

तराई टप संवाददाता
रौतहट, २३ कार्तिक । हिन्दी चलचि त्र सुर्यवंशीले नेपालमा ओपनिंग जबरदस्त रुपमा गरेको छ ।
नेपाल सरकारले देशभरीा हलमा ५० प्रतिशत अकुपेन्सीमा संचालन गर्न अनुमती दिएपनि शुक्रवार, शनिवार, आईतवार र सोमवार दर्शकहरुको चाप उच्च देखिएको हो ।
चलचित्रका वितरक मनोज राठीका अनुसार चलचित्रले नेपाली बक्स अफिसमा तीन दिनमा साढे २ करोडमाथिको कलेक्सन गरेको छ । मनोजले भने, ‘सामान्य अवस्थामा रिलिज भएको भए यसले अझै राम्रो कलेक्सन गर्ने थियो । तर, अहिलेको परिस्थितिमा यो बम्पर ओपनिङ हो ।’
तर, दर्शकले प्रतीक्षा गरेका नेपाली चलचित्र अब आए भने बम्पर व्यापार गर्ने संकेत भने देखिएको उनको भनाइ छ । राठीका अनुसार चलचित्रको व्यापारमा मल्टिप्लेक्सको योगदान उच्च छ । उसो त अहिले देशभरका धेरै सिंगल हल बन्द भइसकेका छन् । काठमाडौं बाहिरभन्दा भित्रको व्यापार माथि भएपनि तुलानात्मक रुपमा खासै धेरै भिन्नता नरहेको राठीले बताए ।
रोहित सेट्ठीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षय कुमार, कट्रिना कैफ, अजय देगगण र रणवीर कपुरको मुख्य भूमिका रहेको छ । चलचित्रले भारतीय बक्स अफिसमा सोमबार सम्म ९० करोडको व्यापार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार