रौतहट, २७ कातिक । रौतहटको चन्द्रनिगाहपुरमा पोखराबाट जनकपुर तर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।
मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित लचका नजिकै ग.१ ख.५८०७ नम्बरको बस बाटो काट्दै गरेको स्याललाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएका हुन् ।
बसमा सबार रहेका २० यात्रु मध्ये १२ जना घाइते भएकाे रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक रायले जानकारी दिए ।
बस चालक दोलखा सैलुङ गाउँपालिका ८ बस्ने ३५ वर्षीय पदम बहादुर बस्नेत र र सह चालक बाराको करैयामाई गाउँपालिका ७ बस्ने ३० वर्षीय सुरज पौडेललाई प्रहरीचोकी पौराईको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान गरिरहेको डिएसपी रायले बताए ।
घाइतेहरु मध्ये एकजनाको अवस्था गम्भीर, तीनजनाको मध्यम र ८ जनाको समस्या रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट