0
Shares
रौतहट, २७ । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सर्लाहीबाट निजगढतर्फ जाँदै गरेको प्रदेश २-०२-००४ प ७०४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
सर्लाहीको पर्सा गाउँपालिका-६ का २७ वर्षका साजिद अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका अन्सारीलाई उपचारका लागि चन्द्रपुरस्थित अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भए। प्रहरीका अनुसार अन्सारीले चलाएको मोटरसाइकल अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट