0
Shares
रौतहट, २९ कार्तिक । पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव हाल देशभरी विद्यमान रहेको छ ।
उक्त प्रभावको कारण गण्डकी र कोशी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भु भागमा सामान्यतया मौसम सफा रहने तथा तराईका केही भागमा हल्का हुस्सु लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट