0
Shares
रौतहट, २९ कार्तिक । इजात बिना नेपालको पूर्वी नाका काँकडभिट्टाबाट नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई बंगालादेशी नागरिकलाई पक्राउ गरिएका छन् ।
मिडिया रिपोर्टका अनुसार सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरिएका हुन् ।
उनीहरुको परिचय खुल्ने कुनै कागतपत्र नभएको तथा उनीहरुको साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद गरिएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले बताएको विभिन्न समाचार माध्यममा उल्लेख गरिएको छ ।
पक्राउ परेका दुबै जनालाई काँकडभिट्टा स्थित अध्यागमन कार्यालयमा बुझाइएको छ । उक्त कार्यालयले आज उनीहरुलाई काठमाडौं स्थित अध्यागमन विभाग पठाउने तयारी गरिएको श्रोतबाट बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन