सर्लाही, २९ कार्तिक । लागुऔषध ओसारपसार नियन्त्रण गर्ने अभियान अन्तर्गत सर्लाही प्रहरीले बरहथवा नगरपालिका क्षेत्रबाट ११ किलोग्राम गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायव निरीक्षक अमेन्द्र राय यादवको खटिएका प्रहरी टोलीले बरहथवा नगरपालिका वडा नम्वर १६ गंगापुर स्थित वागमती नहरको बाटो भएर उत्तरबाट दक्षिण तर्फ गईरहेका बा.प्र.०२–०२१ प २४४४ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
प्रहरीका अनुसार सिन्धुली हरिहरपुर गढी गाउँपालिका वडा नम्वर ८ पाचतले बस्ने दुप्सन थिङ र मोटरसाइकलमा पछाडी सवार सर्लाही नपा ४ तिनघरेका ३० बर्षिय सागर लामालाई पक्राउ गरिएको जानकारी दिदै सर्लाही प्रहरी प्रमुख रबीन्द्रबहादुर सिंहले उनीहरुले बोकेको कालो झोलाबाट ११ किलोग्राम गाँजा बरामद भएको बताए ।
पक्राउ परेका दुबै जनालाई सर्लाही जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर प्रहरी हिरासत बरहथवामा राखेर आवश्यक अनुसन्धान भईरहेको उनले जानकारी दिए । सर्लाही प्रहरी अहोरात्री खटेर लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्ने कार्यमा लागि परेको हुँदा उक्त कार्यमा सर्वसाधारणको साथ र सहयोग भएमा सर्लाहीबाट लागुऔषधको कारोवारलाई नियन्त्रण गर्न सकिने उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन