download zoom us for pc how do i download a zoom recording link should i download zoom 32 bit or 64 bit zoom academy for superheroes download zoominfo engage support zoom download windows 8 64 bit

चार दिने औपचारिक भ्ररमणको क्रममा प्रधानसेनापति शर्मा भारत प्रस्थान

   २३ कार्तिक २०७८, मंगलवार १३:२२  

तराई टप संवाददाता
काठमाडौं, २३ कार्तिक । प्रधानसेनापति प्रभुराम शर्मा भारतको चार दिने औपचारिक भ्रमणको लागि मंगलवार नयाँ दिल्ली तर्फ प्रस्थान गरेका छन् ।
भारतीय सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कार्तिक २३ देखि २६ गते सम्म चार दिने औपचारिक भ्रमणको लागि नयाँ दिल्ली तर्फ प्रस्थान गरेका हुन् ।
चार दिने भारत भ्रमणको अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । उनलाई कार्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।
नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने विगत ५० बर्ष अघि देखि चलिआएको अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको छ ।
नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणे लगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारी सँग समेत भेटवार्ता हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै