बलराको छनकी भएर व्यापक तस्करी जारी, अपराधको अखाडा बन्दै छनकी टोल, बेखवर छन् नियमनकारी निकाय

0 Shares

एके सिंह
छनकी बलरा (सर्लाही), २९ कार्तिक । सर्लाही रौतहट जोड्ने वागमती नदी वारी बलरा नगरपालिका अन्तर्गत पर्ने सेढवा छनकी टोल यतिखेर राजस्व छली एवं अपराधिक क्रियाकलापको केन्द्रविन्दु बन्दै गएका छन् ।
छनकी टोल देखि पश्चिम वागमती नदीको वगर भएर राजस्व छलेर भित्रयाउने दैनिक लाखौं मूल्यका सामानहरु, लागु औषधहरु सहजै नेपाल भित्रने गरिनुका साथै विभिन्न अपराधमा संलग्न व्यक्तिहरुको आश्रय स्थल बन्दै गएपनि सुरक्षा निकाय बेखवर बनेका हुन् ।
नेपालमा प्रतिबन्ध रहेका भारतीय आध्रप्रदेशका बचवा माछा, लागु औषधमा नाइट्राभेट, कोरेक्स सहितका प्रतिबन्धित औषधीहरु सहजै भित्रने कार्य जारी रहेको श्रोतले बतायो । त्यसबाहेक भारतबाट नेपाल तर्फ भैंसी, पाडा, आलु प्याज, कपडा, चिनी, किराना सामानहरु भित्रिने कार्य जारी रहेको छ भने नेपालबाट भारत तर्फ गाँजा, मदिरा, गिटी वालुवा सहितका सामानहरु निर्वाध रुपमा जाने गरेको श्रोतले बतायो ।
श्रोतका अनुसार बलरा नपा वडा नम्वर १ छनकीटोल अहिले अपराधिक क्रियाकलाप एवं तस्करीको केन्द्रविन्दु बन्दै गएको छ । उक्त कार्यमा प्रहरी चौकी छनकीका असई मनोज बरंवालको साँठगाँठमा अबैध कार्य जारी रहेको बताइएको छ ।
विहान देखि बेलुकी सम्म तथा रातिको समयमा हुने यस्ता गोरखधन्धालाई नियन्त्रण गर्नुको साटो साँठगाँठमा कारोवार संचालन भईरहदा यो क्षेत्र अपराधिक क्रियाकलापको केन्द्रविन्दु बन्दै गएकोमा स्थानीयहरु चिन्ता व्यक्त गरे ।
साथै भारतमा बिभिन्न घटना घटाई भारतीय अपराधी नेपाल को सेढवा छनकी टोलमा आई मदिरा पसल मा बसने मदिरा खाई आफ्नो आफन्त वा साथी को घर वा सोही मदिरा पसलमा बसेपछि स्थानीयहरु त्रसित बनेको समेत बताइएको छ ।
केही दिन पहिला दुई जना मोष्ट वान्टेड अपराधी भारतीय नागरिकलाई भारतीय पुलिस नेपाल तर्फ पर्ने बोर्डर नजीकबाट समातेको थियो । नेपाल भारत सिमामा सुरक्षा निकायको उपस्थिति नहुँदा छनकी एरिया अपराधमा संलग्न व्यक्तको अखाडा बनेको ति श्रोतले दाबी गरे ।
विशेष रूपमा लागुऔषध गाजा, कोरेक्स, हाथहतियार समेत सहज तरिकाले आउने जाने गरेको श्रोतले दाबी गरे ।
रौतहटको करवाना घाट, बड़हरवा घाट र गडहिया घाट भएर सर्लाहीको उक्त क्षेत्र भएर लागु औषध गाजा भारत तर्फ जाने गरेको । दैनिक ३० देखी ४० मोटरसाइकिलबाट बचवा सहितका अन्य माछाहरु सहजै नेपाल आउने गरेको तर नियन्त्रण गर्ने निकायको साँठगाँठको कारण उक्त कार्य फस्छाउदै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।