विराटनगर कारागारमा कैदीबन्दीहरु विच दोहोरो झड्प, ६ जना घाईते

तराई टप संवाददाता
विराटनगर, २३ कार्तिक । मोरंग सरमुकाम विरटनगर स्थित कारागारमा कैदी बन्दीहरु ीवच दुईपक्षिय झड्प हुँदा ६ जना कैदीबन्दीहरु घाईते भएका छन् ।
कारागार भित्र कैदी मध्येकै पुरानो व्यक्तिलाई चौकीदार बनाउने प्रथा हुन्छ सोही प्रथा अनुसार चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएका हुन् ।
झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ ।
चौकीदार गुरूङ समूहको अत्याचार सहन नसकेपछि कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर झडपको स्थिति भएको बताइएको छ । गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको आरोप कैदीबन्दीको आरोप छ । विवादकै क्रममा कैदीबन्दीले गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका थिए ।
कारागार भित्र होहल्ला भएपछि हामीले चौकीदार सहित १४ जनालाई बाहिर निकालेर राखेका छौँ, जेलर पोखरेलले भने, १४ जनालाई बाहिर निकालेपछि कारागारभित्रको माहोल शान्त भएको छ । १४ जनाको हकमा भित्र बस्ने बातवरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागारमा सरुवा गरी पठाउने तयारी गरिएको छ ।