रौतहट, ३० कार्तिक । नेपालको सुदरपश्चिमाञ्चल जिल्लाको रुपमा रहेका दार्चुलाबाट विहानै दुखद समाचार प्राप्त भएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्वर ६ बकजेबलामा जुप दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको हो । मृत्यु भएका ७ जना मध्ये ६ जनाको सनाखत पनि भईसकेको छ ।
म १ ज ३३८ नम्बरको जिप शुक्रवार बिहान करिब चारको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर शैल्यशिखर नगरपालिका वडा नम्वर ५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही स्थानका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारत उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । अर्को एक जना मृतकको भने सनाखत हुन बाँकी रहेको उनले भने ।
उनका अनुसार दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर मालिकार्जुनबाट गोकुलेश्वर तर्फ फर्किरहेका दर्शनार्थी सवार जिप दुर्घटना भएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन