तराई टप डेष्क
कर्मैया (सर्लाही), ३० कार्तिक । सर्लाहीको वागमतीमा प्रहरी प्रशासनकै मिलोमतोमा जुवा, तास, कौडा एवं लंगुर बुर्जा भईरहेका छन् ।
कार्तिक पूर्णिमामा वागमतीको कर्मैया स्थित लागेको भुत मेलाको विहिवार राति खुलेआम जुवा, तास, कौडा एवं लंगुर बुर्जा भईरहदा पनि नियन्त्रण गर्ने निकायको उपस्थिति नहुँदा मिलोमतो भएको पुष्टि भएका हुन् ।
यसरी रातिको समयमा जुवातास एवं लंगुर बुर्जा स्थानीय प्रहरी प्रशासनको सेटिंगमा संचालन भएको पाइयो । तराई टप अनलाइन डेष्कले रातभरी उक्त मेलाको अवलोकन गर्दा बाटोमै पसल छाने झै उक्त अबैध कार्य भईरहदा प्रशासन चिर निन्द्रामा रहेको पाइयो ।
प्रहरी चौकी वागमती, इलाका प्रहरी हरिवन सहित प्रहरीकै सेटिंगमा उक्त अबैध कार्य भईहरेको श्रोतले दाबी गरे । जिल्ला प्रहरी कार्यालय सर्लाहीको सादा पोशाकमा खटिने प्रहरी सहायक निरीक्षक (घुमुवा प्रहरी) तेजनारायण यादवले सबै सेटिंग मिलाएर गएको तिहार देखिनै कर्मैयामा जुवातास एवं कौडा सहितका लाइन संचालन गराउन लाखौं रुपैया लिएको बुझिन आएको छ ।
नेपाल प्रहरीका संगठन प्रमुख आइजीपी बसन्त कुवरले तत्काल सर्लाहीबाट हटाउन मधेश प्रदेश प्रहरी कार्यालय समेतलाई निर्देशन दिएका थिए । आइजीपीको निर्देशनलाई वेवास्ता गर्दै सर्लाही प्रहरी प्रमुख एसपी रबीन्द्रबहादु सिंहले सर्लाहीको ललबन्दी हुँदै अहिले सोल्टी प्रहरी चौकीको जिम्मेवारी दिएको श्रोतले बतायो ।
विगत केही महिना अघि केटि संगै सलेम्पुरका युवाहरुले प्रसनी यादवलाई मध्य राति समातेर सशस्त्र प्रहरी बल नम्वर १० गण सर्लाहीलाई बुझाएका थिए । पसनी यादवलाई कारवाही गर्नुको साटो उल्टै सादा पोशाकमा खटाएर संगठनको भावना विपरित कार्य भएको श्रोतले बताए ।
यस विषयमा सर्लाही प्रहरी प्रमुख एसपी रबीन्द्र बहादुर सिंहले गएराति विरामी भएपछि निवासमै रहेको हुँदा वागमती जान नपाएको बताए । सर्लाहीमा जुवा तास कौडा लगायतका गैरकानुनी कार्य गर्न इजाजत नदिएको दाबी गरे । अश्लिल गित, भोजपुरी गित, नाँच लगायतका कार्य समेत नगर्न नगराउन मातहतलाई निर्देशन दिएको बताए । तर उक्त निर्देशन विपरित कार्य भएको पाइएमा कारवाही गरिने स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन