रौतहट, १ मंसिर । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको सडक प्रदर्शन कमिलाको प्वाँख जस्तै हुने बताए ।
प्रधानमन्त्री ओली सडकमा शक्ति प्रदर्शनको आडमा जनताको आवाजलाई दवाएर लोकतन्त्रको उपाहस गर्न खोजिएको गम्भीर आरोप लगाउदै आजपा अध्यक्ष साहले सहि एवं सत्य कुरा गर्ने जनतालाई डराएर उनीहरुको आवाजलाई दबाउने खोजिएको हो ।
रौतहट क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका साहले सरकारको आलोचना गर्नेहरु माथि डण्डा चलाएर आवाजलाई दवाउन खोज्ने, जनतालाई डराउने, तश्रयाउने, जस्ता कार्य गरिरहेका वर्तमान ओली सरकारको अन्त्य चाँडै हुने चेतावनी दिए ।
देशमा मुख्य प्रतिष्पर्धीहरु आज सत्ता साझेदार छन्, प्रधानमन्त्री सडकमा शक्ति देखाएर जनताहरुलाई डराउन खोजेको छ, यो राज्यशक्तिको चरम दुरुपयोग हो, लोकतन्त्रमा यस्ता कार्य सह्य हुदैनन्, जनताको पक्षमा संसद नरहदा सोच्नुपर्ने समय आएको हुँदा आम नेपाली नागरिकहरुलाई सचेत रहन जरुरी रहेको आजपा अध्यक्ष साहले आग्रह गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन