चिनले पाकिस्तानलाई हस्तान्तरण गरे युद्धपोत

   २३ कार्तिक २०७८, मंगलवार १३:५४  

एजेन्सी
रौतहट÷चीनियाँ सरकारले लिएको विस्तारवादी निति अन्तर्गत पाकिस्तानलाई अहिले सम्मको सबैभन्दा ठूलो उन्नत युद्धपोत सैन्य सहयोग स्वरुप प्रदान गरेको छ ।
चीन र पाकिस्तान बिच बाकलिदै गएको सैन्य सहयोगको उदाहरणको रूपमा हेरिएको छ । चिनियाँ सरकारी मिडियाले पनि यसलाई दुई देशबीचको सम्बन्धमा एउटा ठुलो उपलब्ध भएको जनाएको हो ।
सो युद्धपोतको निर्माण चीनको स्टेट सिप बिल्डिङ कर्पोरेशनले लिमिटेड (सीएसएससी) ले गरेको हो । कम्पनीले आफ्नो विज्ञप्तिमा यस युद्धपोतलाई चीनको शंघाई सहरमा आयोजित एक समारोहबीच पाकिस्तानको नौसेनालाई हस्तान्तरण गरिएको जनाएको छ ।
पाकिस्तानी नौसेनाले चीनको सरकारी अखबार ग्लोबल टाइम्ससँग कुरा गर्दै सो टाइप ०५४ए÷पी युद्धपोतको नाम पीएनएस तुगरिल राखिएको बताएको छ । चीनले यस्तै अन्य चारवटा युद्धपोत पाकिस्तानी नौसेनाको लागि तयार गरिरहेको छ । यो जहाजलाई प्राविधिक रुपमा उन्नत र अत्यधिक सक्षम प्लेटफर्म मानिएको छ । यस युद्धपोतमा निगरानीको व्यापक क्षमताका साथै जमिनदेखि जमिन, जमिनदेखि आकाश र पानीभित्र मिसाइल हान्न सक्ने क्षमता रहेको बताइएको छ ।


नेटोले भने चीनको यो टाइप ०५४ए÷पी युद्धपोतलाई जियांकाई–२ कोड नामबाट पहिचान गर्दछ । यसलाई चीनको हुडोङ–जोंघुआ शिपयार्डमा निर्माण गरिन्छ । यो अत्याधुनिक हतियार र सेन्सरको मिलन हो । यसलाई पहिलोपटक सन् २००८ मा चीनको नौसेनामा सामेल गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै