लोक आस्थाको पर्व छठ पुजाको आज सझिया घाट, समाचकेवा आजैबाट

394 Shares


रौतहट, २४ कार्तिक । लोक आस्थाको सुर्यको उपासना गरी मनाइने छठी माताको पुजा बुधवार तेश्रो दिन जलाशय किनारमा भेला भई सझिया घाँटको सम्पूर्ण तयारी पुरा भइसकेका छन् ।
विधिविधान, नियम निष्ठा एवं पवित्रताको प्रतिकको रुपमा मानिएको छठ पर्वको लागि दशै सकिना साथ तयारीमा व्रतालु महिला एवं पुरुषहरु जुट्ने गरेका हुन् । कार्तिक शुल्क चौथी तिथिका दिन “नहाय खाय’ पंचमि तिथिको दिन “खरना”, षष्ठी तिथिका दिन अस्ताइरहेको सुर्यलाई अर्घ दिएर “सझिया घाट” तथा सप्तमी तिथिको दिन उदाईरहेको सुर्यलाई अर्घ दिई “भोरवा घाट” भई यो लोक आस्थाको पर्व सकिने गरिन्छ ।
छठ पुजा गर्न माटाको भाडाहरु, बाँसबाट तयार पारिने छैठीहरु, उखु, केला, मुरई, नेमो, अर्तकपात, मैदाबाट तयार हुने विभिन्न पकवानहरु बनाएर पुजा गर्ने गरिन्छ । व्रतालुहरु पवित्र जलाशयमा उभिएर दिनकर भगवान अर्था सुर्यको पुजा गर्ने परापुर्व काल देखि चलिआएको मान्यता रहेको छ । रामायण काल होस वा महाभारत काल हरेक समयमा छठी माईको पुजा देवगण सहितले गर्दै आईरहेको यस पर्वलाई लोक आस्थाको पर्व पनि भन्ने गरिन्छ ।
जिल्लाभरीको बजारमा यतिवेला सामानहरुको जोहो गर्न व्रतालुहरुको विहानै देखि भिडभाड लागेको देख्न सकिन्छ ।
कोभिडको महामारीबाट त्रसित रहेका व्रतालुहरु यसपाली निकै धुमधाम संग पर्व मनाउनमा जुटेका देखिन सकिन्छ । जे भएपनि छठीमाईले कारोना रुपी दानवलाई सदाको लागि अन्त्य गर्ने पनि धार्मिक मान्यता अनुसार व्रतालुहरुले अटुट विश्वास लिएको छ ।

लोक आस्थाको पर्व विच समा चकेवा


लोक आस्थाको पर्व छठ पुजाको समयमा समा चकेवा पर्व सुरु भएको छ । दिदी बहिनीहरु आ आफना दाजुभाईको दिर्घायु, उन्नती प्रगति होस भन्ने महोत्वाकाक्षाका साथ यस पर्वमा बढि महत्व दिइएको पाइन्छ ।
आज साँझ देखि सुरु हुने समाचकेवा पर्व तराईका महिलाहरुले गर्ने गरिन्छ तर खास गरी चौधरी समुदायमा यसको बढी महत्वका सार्थ समाचकेवा पर्व मनाउने गरिन्छ । समा चकेवा पर्व कार्तिक शुक्ल पुर्णीमा तिथिको दिनमा गएर सकिन्छ । अहिले बजारहरुमा समा चकेवाको प्रतिमा बनाएर विक्रि वितरण समेत भईरहेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार