वरियारपुर (बारा), ४ मंसिर । प्रत्येक पाँच बर्षमा लाग्ने विश्वप्रसिद्ध पञ्चबर्षीय गढीमाई मेला सुरु भईसकेका छन् ।
नेपाल भारत सहित दक्षिण एशियाको शक्तिपिठ ९जगता० भगतवतीको रुपमा स्थापित भएकी माता गढीमाईको मेला बारा जिल्लाको महागढीमाई नगरपालिकाको वरियारपुर गाउँमा सुरु भएका हुन् ।
दैनिक हजारौं श्रद्धालुभक्तजनहरु मन्दीरमा उपस्थित भई पुजा गरेर मनका भाकलहरु माग्ने कार्य जारी रहेको छ । मंसिर १ बाट सुरु भएको मेलाको समापन मंसिर ३० गते हुने मेला मुल व्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाको मेयर उपेन्द्रप्रसाद यादवले जानकारी दिए ।
नेपाल सहित भारतमा प्रसिद्धि पाएको एवं अति नै महत्व बोकेका बहुप्रतिक्षित गढीमाई प्रतिको भावना एवं प्रेरणाबाट श्रद्धालुभक्तजनहरुको कल्याण भएका एवं भाकल प्राप्ति गरेका श्रद्धालु भक्तजनहरु पाँच बर्षमा उपस्थित भई भाकल पुरा भएको खुशीयालीमा पशु बली दिने गरेको बताए ।
एक हजार विगहा क्षेत्रफलमा लाग्ने उक्त मेला लाग्ने क्रम जारी रहेको छ । मेला अवधीभरीमा करिव दुई करोडौं भक्तजनहरु उपस्थित भई माताको दर्शन गर्न आउने लक्ष्य मेला व्यवस्थापन समितिले राखेको छ ।
गढीमाईको मेलामा विशेष पूजा १७ गते देखि प्रारम्भ हुने र मंसिर २३ गते बिहान तान्त्रिक विधिबाट पुजारीले गढीमाईलाई पञ्च बलि दिएपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिइने गढीमाईका मूल पुजारी मङ्गल चौधरीले बताए ।
२३ गते राँगाको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मूल आयोजक समितिले जनाए ।
यस्तै मेला स्थलमा स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिइएको छ । मेला स्थलमा भेन्टिलेटर सेवा सहितको १० वटा स्वास्थ्य उपचार गर्ने शिविर सञ्चालनमा ल्याइएको जानकारी दिँदै मेला मुल समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको बताए ।
मेलामा सुरक्षा व्यवस्थापन कडा बनाउने सबै तयारी पुरा गरिएको छ । मेलाको सुरक्षा बारा जिल्लाको प्रशासनले लिएको र प्रशासन निर्देशनमा स्वंयसेवक पनि निगरानी राखिने बताइएको छ ।
मेलामा विभिन्न खेल तमाशा, कृषि क्षेत्रलाई उन्नत बनाउने कृषि शिविर, हस्तकला, स्थानीय कालिगढद्धारा तयारी गरिएको काठका सामग्रीहरु, लगायतका नेपाल भरतबाट आएका खेलतमाशा अन्तर्गत विभिन्न आकर्षण गर्ने गरी वरियारपुरलाई दुलही झै सिंगाएको छ । जहाँ पञ्चबर्षीय गढीमाई माताको पुजा एवं दर्शन गर्ने कार्य जारी रहेको हुँदा तपाईहरु पनि सपरिवार उपस्थित भई माताको दर्शन गर्न मेला व्यवस्थापन समितिले आग्रह गरे ।