रौतहट प्रहरी प्रशासनको दोहोरो मापदण्ड, सेटिंगमा खुलेआम जुवा संचालन

0 Shares
रौतहट, ६ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुरमा आयोजित कार्तिकेश कुँवर मेला एवं समाचकेवा महोत्सवमा प्रहरी प्रशासनको सेटिंगमा खुलेआम जुवा भईरहेको पाइएका छन् ।
प्रत्येक बर्ष कार्तिक शुल्क पूर्णिमा तिथि देखि संचालन हुने कार्तिकेश कुँवर मेला एवं समाचकेवा महोत्सवमा आयोजक समितिले स्थानीय प्रहरी प्रशासनको सेटिंगमा खुलेआम जुवा खेलाएर सर्वसाधारणलाई लुटाउनमा मस्त रहेका पाइएका हुन् ।
सार्वजनिक स्थलमा अवैध रुपमा जुवा जस्ता खेल सञ्चालन भइरहँदा मेला स्थलमा ड्युटीमा खटिएका स्थानीय प्रहरी पनि रमितामै मस्त रहेको श्रोतले बतायो । जुवाको खाल नदेखे झैँ गरी प्रहरीहरु मञ्चमा आयोजित मनोरञ्जनात्मक कार्यक्रम हेर्नमा मस्त हुने गरेको पाइएको छ ।
जुवा खेलाइएको स्थानबाट पटक–पटक आउजाउ गरिरहेका डिउटीमा  खटिएका प्रहरी जुवा खाल नदेखेझैँ गरिरहेका भेटिने गरेका ति श्रोत भन्छन् । गाउँबाट मेला हेर्न आएका सोझासाझा दर्शकलाई झुक्याएर जुवा खेलाउनेले आफु अनुकुल हजार–हजार रुपैयाँ थापेर हारजीत गरेर मेला भर्न आउनेहरु प्रलोभनमा परेर लुटिन बाध्य छन् ।
मेलामा सर्वसाधारणलाई भ्रममा पारेर पैसा लुट्ने योजना सहित यस अघिका मेला महोत्सवमा पनि जुवा हुने नभएता पनि यो वर्ष भने प्रहरी सक्रियता फितलो भएको मौका छोपेर जुवा तथा अन्य प्रतिबन्धित जन्य गतिविधिहरु तिब्र भएको मेलामा घुम्न आएका स्थानीयहरुले बताए ।
लंगुर बुर्जा (डाईस) मेलामा यत्रतत्र देखिने गरेका छन् । साँझ परेपछि देखि नै लंगुर बुर्जा खेलाउनेको सक्रियता बढ्दै रातको समयमा भने जुवामय हुने गरेको छ । लाखौं रुपैयाँको हारजित हुने गरी खेल सञ्चालन गर्दै मेलामा जुवा खेलाउनेलाई पक्राउ गरेर कारवाही गर्नुपर्नेमा रौतहट प्रहरीले सन्तपुर मेलामा भने जुवाको खाल देखे पनि नदेखेझै गरेको पाइएको छ ।
मेलामा खेलाइएको जुवा यस्तो छः नम्बर भएको फ्लेक्समा पैसा राखिन्छ । खेलाउनेले धेरै पैसा भएको ठाउँमा पारेको जस्तो गरी आफ्नै आसेपासेलाई केही पटक पैसा पारिदिन्छन् । त्यो देखेर लोभिएका सर्वसाधारणले पनि पैसा जुवामा थाप्छन् । थोरै पैसा भएको ठाउँमा पारिदिन्छन या खेल्ने मध्ये पनि आफ्नो आसेपासेलाई पार्छन । यो कुरा मेला हेर्न बिभिन्न ठाउँबाट आएका सर्वसाधारणलाई पत्तो हुँदैन । एक दुई पटक आएको धेरै पैसाले लोभिएर उनीहरु जुवा खेल्छन् । अन्ततः भएको सबै पैसा सकेर रित्तो हात घर फर्किन बाध्य हुन्छन् ।
आयोजकले पर्यटन प्रर्वद्धन गर्ने हेतुले मेला गरिएको भनेपनि जुवा खेलाएर महोत्सवबाट आर्थिक लाभ लिन केही ब्यक्ति पल्किएको सो वापत स्थानीय प्रहरी प्रशासनलाई भेटि समेत चढाएर जनताहरुलाई लुटिन लगाउने कार्य भएको गुनासो बढेको छ यतिखेर ।
मेलामा भईरहेका गलत क्रियाकलापहरु बारे आयोजकहरु केही संचारकर्मीहरुलाई समेत मिलाएको हुँदा उक्त मेलाको सामाचार खासै बाहिरिएको छैनन् ।
यता दशैं तिहार मेला भनेर रौतहट सदरमुकाम गौर राइस मिल्समा संचालन गर्न मेला समितिलाई हम्मे हम्मे परेका थिए । मेला संचालन गर्न नदिने, सेटिंग मिले पनि साँझ ६ बजे सम्म केही दिने समय दिईयो, त्यस भन्दा बढि सेटिंग मिलेपछि मात्रै राति ८ बजे सम्म संचालनको इजाजत दिने रौतहट प्रहरी प्रशासनको मापदण्ड गौर र सन्तपुरमा फरक फरक देखियो ।
चन्द्रपुर नगरपालिकाको सन्तपुरमा २४ औं घण्टा मेला लाग्ने, अबैध जुवा तास एवं लंगुर बुर्जा संचालन गराएर जनतालाई लुटिने कार्य गर्न छुट दिने प्रहरी प्रशासनको दोहोरो चरित्रका कारण यति खेर प्रश्न चिन्ह् खडा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।