दश बर्षे गणना कार्य आरम्भ

तराई टप संवाददाता
रौतहट, २६ कार्तिक । राष्ट्रिय जनगणना अभियान २०७८ अन्तर्गत शुक्रवार देखि रौतहटको सबै पालिकामा गणना कार्य आरम्भ भएको छ ।
रौतहट जिल्लाको गौर, चन्द्रपुर, कटहरिया, गरुडा, समनपुर लगायतको विभिन्न पालिकाहरुमा आजबाट विधिवत रुपमा गणना कार्य आरम्भ भएको हो । गणना कार्य आरम्भ गर्दा प्राय ः पालिकाहरुमा रयाली निकालेर जनमानसमा जनगणनाको सकारात्मक संदेश दिएका छन् ।
चन्द्रपुर नगरपालिकामा उपमेयर रामरति चौधरी, इप्रका चन्द्रपुरको डिएसपी लिलाराज लामिछाने लगायत कर्मचारी, स्थानिय जनप्रतिनिधिहरुको उल्लेख संख्यामा सहभागिता रहेको थियो ।