पर्थमा भारतको बज्यो डंका, २९५ रनले अष्ट्रेलियालाई हराए

0 Shares
पर्थ, एजेन्सी । बोर्डर गाबस्कर ट्रफीको पहिलो टेष्टमा भारतले आफनो दबदबा कायम गर्दै अष्ट्रेलिया माथि भारतले २९५ रनबाट हराएको छ ।
प्रतियोगिताको चौथो दिन भारतले प्रस्तुत गरेको ५३४ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले तेस्रो सेसनमा सबै विकेट गुमाएर २३८ रन मात्र बनाउन सक्यो । यो सँगै पाहुना टिमले २९५ रनको जित निकाल्न सक्यो ।
पहिलो इनिङमा पाहुना टिमलाई १५० रनमा रोक्दै अस्ट्रेलियाले बलियो सुरुआत गरेको थियो । तर, पहिलो इनिङमा अस्ट्रेलियालाई १०४ रनमै समेट्दै भारतले खेल नियन्त्रणमा राखेको थियो ।
दोस्रो इनिङमा विराट कोहली र यशस्वी जयसवालले शतक बनाएपछि भारतले ४८७ रन बनाएको थियो । दोस्रो इनिङमा जयसवालले १६१ रन बनाए । पहिलो विकेटका निम्ति केएल राहुलसँग २०१ रनको उत्कृष्ट साझेदारी गरेका जयसवालले २९७ बलको सामना गर्दा १५ चौका र तीन छक्का प्रहार गरे ।
विराटले अविजित १०० रन बनाए । उनले १४३ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । कोहलीको यो ८१ औँ अन्तर्राष्ट्रिय शतक हो । वासिङ्टन सुन्दरले २९, देवदत्त पडिकलले २५ र नीतीशकुमार रेड्डीले तीन रन थपे ।
दोस्रो इनिङमा ५३४ रनको विशाल लक्ष्यसहित मैदानमा उत्रिएको अस्ट्रेलिया २३८ रनमै समेटियो । शीर्ष क्रमका पाँच ब्याटरलाई स्कोरबोर्डमा ७९ रन मात्र जोड्दा गुमाएपछि अस्ट्रेलिया कमजोर बनेको हो ।
ट्राभिस हेडले ८९ रन बनाए पनि टिमको फराकिलो हार टार्न सकेनन् । घरेलु टिमको खातामा मिचेल मार्सले ४७, एलेक्स क्यारीले ३६, स्टिभ स्थिमले १७ र मिचेल स्टार्कले १२ रन थपे ।
जितसँगै पाँच खेलको शृंखलामा भारतले १–० को अग्रता बनाएको छ । दोस्रो टेस्ट आउँदो डिसेम्बर ६ देखि सुरु हुनेछ ।
श्रोतः एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।