तपाईको घरमा गणक पुग्दैछ धर्यतापूर्वक तथ्याँकको जानकारी दिन मुख्यमन्त्री राउतको आग्रह

   २६ कार्तिक २०७८, शुक्रबार ११:१२  

तराई टप संवाददाता
जनकपुरधाम, २६ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज देखि घर घरम गएर तथ्याँक संकलन गर्ने गणकलाई सहित जानकारी दिई राष्ट्रिय जनगणनालाई सफल बनाउन प्रदेशबासी संग आग्रह गरे ।
जनगणना लिन घर घरमा पुग्ने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण लेख्न लगाई वास्तविक जानकारी रेकर्डमा दर्ज भएपछि आउदो १० बर्ष सम्म त्यही तथ्याँकलाई आधार बनाएर विभिन्न कार्यहरु अघि बढाउने भएको हुँदा यस अभियानलाई पूर्ण रुपमा सफल बनाउने कार्यमा सघाउ पुर्याउन समेत उनले प्रदेशबासी संग आग्रह गरेको हो ।
उनले तथ्यांक संकलन गर्न घरमा आउने गणकलाई आत्मीय व्यवहार गर्न पनि आग्रह गरेका छन् । गणकहरुले सोधेको सबै प्रश्नहरु धैर्यतापूर्वक सुनेर सही जवाफ दिन मुख्यमन्त्री राउतले भो । यस्तै यस पटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तिय संस्थामा पहुँचाको अवस्था, सरकारी अनुदान प्राप्त गरे÷नगरेको, वडा तहसम्म सामुदायिक भवनहरुको अवस्था के कस्तो छ ? जस्ता मसिना तर नागरिकका लागि अति नै महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएकोले धैर्यपूर्वक जवाफ दिन उनले अपिल समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै