नेपाली काँग्रेसको सदस्यता विवाद टुंगियो, अधिवेशनको मिति तोकियो

तराई टप संवाददाता
काठमाडौं, २६ कार्तिक । नेपाली काँग्रेसको क्रियाशील सदस्यताको विषयलाई लिएर जारी रहेको विवादलाई पार्टी हाई कमानले एकतर्फी रुपमा टुंगियाउदै अधिवेशनको मिति तोकिदिएको छ ।
नेपाली कांग्रेसको ७७ वटै जिल्लाको क्रियाशील सदस्यतालाई पुर्णता दिदै विवादित रहेका रौतहट र रसुवाको विवादलाई एकतर्फी रुपमा टुंगो लगाएको कहि कतै विवाद नरहेको भन्दै सबै जिल्लाको क्रियाशील सदस्यता नामावली वेबसाइट मार्फत सार्वजनिक गरेका हुन् ।
कांग्रेसको नयाँ कार्यतालिका अनुसार रोकिएका अधिवेशन प्रक्रिया तत्काल सुरु गरेर आउँदो मंसिर २४ गते देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ ।
१४ जिल्लाको वडा तहदेखिका अधिवेशन सुरु गर्ने, मंसिर १० भित्र जिल्ला अधिवेशन गर्ने, मंसिर १६ र १७ मा प्रदेश अधिवेशन र मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गरिने तालिकामा उल्लेख गरिएको छ ।
काँग्रेस भित्र प्रजातान्त्रिक अधिकारलाई देउवा नेतृत्वले कुण्ठित गरे
नेपाली काँग्रेसको विधानलाई मिच्दै केही व्यक्तिहरु पार्टीलाई झोले संगठन बनाउने कार्यमा सफलता प्राप्ति गरेपनि यस्ता घृणित कार्यबाट पार्टी संगठन कमजोर हुने तथा पार्टी प्रति निष्ठावान हुने साथिहरुलाई विचलित बनाएको प्रतिक्रियाहरु बाहिर आउन थालेका छन् ।
पार्टीको विधान विपरित गैर पार्टीको व्यक्तिलाई सदस्यता दिएर पार्टीलाई कम्जोर बनाउने दुष्प्रयास गरेको कार्य विरुद्ध एक सय दिन भन्दा बढि केन्द्रीय पार्टी कार्यालयमा धर्नामा बसेका पार्टीको योद्धाहरुलाई वाइपास गरी केही व्यक्तिको इशारामा परेर पार्टीलाई ठूलो क्षति पुर्याउन कार्य भएको महाधिवेशन समिति सदस्य एवं श्यामचन्द्र झाले आरोप लगाए ।
यस्तै पार्टी कार्यालय सानेपामा ११५ औं दिन सम्म धर्नामा बसेको देवचन्द्र झाले पार्टीमा विधि सम्मत हिड्ने र विधानलाई सम्मान गर्ने व्यक्ति कोही पनि नभएको हुँदा पार्टीको रक्षक नै विधान विपरित हिड्न थालेपछि सो पार्टीको भविष्य कस्तो होला सम्म उनले आक्रोश व्यक्त गरे ।