अबैध उत्खनन गरेर ठूलठूला खाल्डाहरु बनाएको आरोप लगाउदै चाइना रेल्वे–२ ग्रुप विरुद्ध सर्वोच्चमा रिट दायर

0 Shares
रौतहट, १४ मंसिर । पूर्व पश्चिम महेन्द्र राजमार्ग क्षेत्रमा पर्ने कमला–कञ्चनपुर सडक खण्डको स्तरोन्नती कार्य गर्न ठेक पाएका चाइना रेल्वे–२ इन्जिनियरिंग ग्रुप विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएका छन् ।
महेन्द्र राजमार्ग क्षेत्रमा पर्ने कमला–कञ्चनपुर सडक खण्डको स्तरोन्नती कार्य गर्न ठेक्का लिएका चीनको चाइना रेल्वे–२ इन्जिनियरिंग ग्रुपले अबैध रुपमा उत्खनन गरिरहेको माग दाबी सहित हिजो सर्वोच्च अदालतमा रिट दायर गरिएका हुन् ।
चिनिया निर्माण कम्पनीले ठेक्काका लागि आवश्यक हुने रोडा, बालुवा र ढुंगा अबैध रुपमा उत्खनन गरिरहेको र उक्त कार्यको स्थानीयहरुले चर्को विरोध गर्दा समेत चिनियाँ निर्माण कम्पनीले अटेरी गरिरहदा बाध्य भएर उक्त कार्य अबैध भएकाले तत्काल रोक्नु पर्ने भन्दै सर्वोच्चमा अन्तरिम आदेशको लागि चक्रवर्ती ल कलेजमा अध्ययनरत छात्रा आँचल कुमारीले रिट दायर गरेकी छिन् ।
सिरहा र सप्तरीमा चाइना रेल्वे ग्रुपले अवैध उत्खननलाई तीव्रता दिएपनि सरोकारवाला निकायहरू मौन रहँदै आएको रिटमा भनिएको छ । सिरहाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, नरहा गाउँपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिकामा चिनियाँ रेल्वेको अवैध उत्खनन गरिरहेको रिटमा दाबी गरिएको छ ।
लहान नगरपालिकामा पर्ने सरे देखि चुरे सम्म अवैध उत्खनन गरिरहेको देखेपछि जिल्ला समन्वय समितिले प्रयोग गरिरहेको डोजर (जेसिवी) नियन्त्रणमा लिइएर जरिवाना तिरेर छोडेको तर पुनः उक्त उत्खनन जारी रहेको रिटमा उल्लेख छ ।
मिडिया रिपोर्टका अुनसार जिससका अनुसार नगरपालिका सँग डेढ फिट गहिराई र ३ किलोमिटर दुरीमा उत्खनन गर्ने सम्झौता भएको थियो । तर चाइना रेल्वेले १३ फिटसम्म गहिराई गरेर उत्खनन गरेको भेटिएको छ । मापदण्ड र सहमति विपरीत अवैध उत्खनन गरेपछि चाइना रेल्वेलाई केही समय अघि १२ लाख जरिवाना गराएको थियो ।
हाल कर्जन्हा नगरपालिकाको कमला खोला, मिर्चैया, नरहा, धनगढीमाई र गोलबजार क्षेत्रमा व्यक्तिको निजी जग्गा भाडामा लिएर रातारात उत्खनन चाइना रेल्वेले गर्दै आएको आरोप माग दावीमा छ ।
त्यस्तै सप्तरीको सुरूङ्गा र फत्तेपुर नगरपालिका क्षेत्रमा पनि चाइना रेल्वेले उत्खनन तीव्र बनाएको रिटमा उल्लेख छ ।  महेन्द्र राजमार्गको १ हजार २७ किलो मिटर सडक स्तरोन्नति गर्न चाइना रेल्वेले नेपाल सरकार सँग ग्लोबल टेण्डरमा ठेक्का पाएको थियो । जसअन्तर्गत अहिले कमला–कञ्चनपुर ४७ किलो मिटर सडक ग्रामीण क्षेत्रमा ४ लेन र सहरी क्षेत्रमा ६ लेनको स्तरोन्नति कार्य भइरहेको छ ।
सरकारले यसलाई महत्वको योजनाको रूपमा राखेको छ । बर्षेणी यस्ता उत्खनन एवं खोला दोहनका कारण भु क्षय, बाढी कटानको चपेटामा परेर सरकारी सम्पत्ती वाहेका ठूलो जनधनको क्षति भईरहदा पनि क्षणिक स्वार्थमा सम्बध निकाय परेर अबैध रुपमा दोहन गर्ने चाइना रेल्वे–२ ग्रुप विरुद्ध सर्वोच्चमा रिट दायर गर्न बाध्य भएकी छिन् आँचल कुमारी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।