zoom aplicacion download zoom beauty filter download zoom meeting join a meeting online browser zoom desktop download for windows zoom app download free for windows 10 64 bit zoom download 5.6.1 download older versions of zoom

बलात्कार पछि हत्या गर्ने चुन्नु साह तेली प्रहरीको नियन्त्रणमा, जबरजस्ती करण र ज्यान सम्बन्धी कसुरमा १५ दिनको म्याद थप

   २९ आश्विन २०७७, बिहीबार १७:५९  

रौतहट, २९ असोज । १४ बर्षिया बालिकालाई बलात्कार गरेर घाँटी थिची हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेर कारवाही सुरु गरेको छ ।
रौतहटको गढीमाई नगरपालिका १ समनपुरका सिताराम साहको छोरी मामा घर वृन्दावन नपा ४ मा सानै देखि बस्दै आएकी १४ बर्षिया बालिका सन्झाकुमारी साह गत असोज १६ गते विहान गाई बस्तुको लागि घाँसपात लिन घरबाट विहान ९ बजेको समयमा गएका थिए । स्थानीय ४५ बर्षिय चुन्नु साह तेलीले ललाई फकाई तथा विभिन्न प्रलोभनमा परेर उखुघारीमा बालिकालाई लगि जबरजस्ती करणी गर्दा बालिका अचेत भएपछि अरुलाई भनिदिन्छ भनेर पिडक साहले घाँटी थिचेर हत्या गरी फरार भएको थियो ।
सोही दिन दिउसो ४.३० बजेको समयमा बाख्रा धपाउन गएका एक १० बर्षिय बालकले होसनारायण यादवको उखुघारीमा बालिकाको शव अर्धनग्न अवस्थामा देख्दा हो हल्ला गरेपछि स्थानीयको सहयोगमा प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटना पश्चात रौतहटको प्रहरी र प्रदेश नम्वर २ को कार्यालय जनकपुरबाट आएको प्रहरी टोलीले गम्भीर अनुसन्धान गर्दै जाँदा असोज २२ गते गरुडा नपा ४ मा लुकिछिपी बसिरहेको अवस्थामा पिडक तेलीलाई नियन्त्रणमा लिएर २३ गते विहान स्वास्थ्य परिक्षण तथा उसको फिजिकल टेष्ट गर्दा भित्री अंगमा ६ दिन अघि चोट लागेको चिकित्सकले पुष्टि गरेको र उखुको पातले साहको शरिरको विभिन्न स्थानमा काटिएको डाम रहेको रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
प्रहरी हिरासतमा राखेर वैज्ञानिक प्रविधिबाट गहन अनुसन्धानको क्रममा पिडक साहले बालिकालाई कसरी उखुघारी सम्म लगे, जबरजस्ती करणीको क्रममा अचेत भएपछि हातले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको उनले बताए । अपराध स्वीकार गरेको साह विरुद्ध जवरजस्ती करणी र ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत गौरबाट १५ दिनको विहिवार म्याद थप गरेर थप अनुसन्धान कार्य भईरहेको एसपी शाहले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै