रौतहट, १४ मंसिर । पूर्व विद्यार्थी समाज श्रीसरस्वती माध्यमिक विद्यालय मलाहिटोलको पहलमा गरीव, दलित, महिला, मुस्लिम समुदायलाइ लक्षित गरेर एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
श्रीसरस्वती माध्यमिक विद्यालय मलाही टोलको संचालन भएको आँखा शिविरमा पहिचान गरिएका मोतियाविन्दुका विरामीहरुलाइ शल्यक्रिया समेत निःशुल्क हुने भएको हो ।
शुक्रवार विहान ९ वजे देखी सञ्चालन भएको शिविरमा २२४ महिला र २०१ पुरुष गरी जम्मा ४२५ जना सेवाग्राहीहरुले आ आफना आँखाको परिक्षण गराएर लाभान्वित भएको आयोजक समितिले जनाए ।
आँखा परिक्षण गराएका मध्ये १२६ जनालाई आउदो मगलवार, बुधवार र विहिरवार गौर आँखा अस्पताल पुरेनवामा निःशुल्क शल्याक्रिया गरिने छ । डाक फाउन्डेसनको आर्थिक सहयोग, नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पतालको आयोजना, र स्थानीय आयोजक गरुडा आँखा अस्पताल, श्री सरस्वती मावि मलाहीटोलको पूर्व विद्यार्थी समाजको नेतृत्वमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा आएका सेवाग्राहीलाई आयोजक संस्थाहरुले निःशुल्क रुपमा औषधी ४५ जनालाई, १२८ जनालाई चश्मा र लेनस सहितको आँखाको निःशुल्क शल्यक्रिया १२६ जना तथा सहभागि सम्पुर्णलाइ परामर्श समेत दिएको थियो ।
सो कार्यक्रममा गौर आँखा अस्पताल पुरेनवाका डा शिव कुमार यादव, लालवावु साह, अमित दास, सुशिल पासवान सहित ९ जनाको प्राविधिक टोली, नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पताल पुरेनवाको कार्यक्रम संयोजक सतेन्द्र पाण्डे, पुर्व विद्यार्थी समाजका इन्द्रजीत सहनी, शिवचन्द्र प्रसाद साह, अम्विका सहनी, साहेव सहनी, अमरुल आलम, विश्वन्नदन सहनी, विवेक सहनी, मुकेश शाह, जितेन्द्र सहनी, बालकृष्ण सहनी, लगायत दर्जनौ स्वयमसेवकहरुले कार्यक्रममा सहजीकरण गरेको बताइएको छ ।
साथै शल्यक्रिया गर्न सकिने सेवाग्राहीलाई गौर आँखा अस्पताल सम्म जाने आउने यातायातको सुविधा निःशुल्क रहने आयोजकले जनाए ।
पूर्व विद्यार्थी समाज श्रीसरस्वती माध्यमिक विद्यालय मलाहिटोलको पहलमा शुक्रवार सम्पन्न भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरका केही झलकहरु ।





बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन