पाकिस्तानको टी—२० विश्वकप जित्ने सपना तुहियो, अष्ट्रेलिया फाइनलमा

   २६ कार्तिक २०७८, शुक्रबार १२:१३  

रौतहट, २६ कार्तिक । टी—२० विश्वकपमा पाकिस्तानको विश्वकप जित्ने यात्रालाई अष्ट्रेलियाले रोकिदिएको छ ।
दुबई र ओमानमा भइरहेको टी—२० विश्वकपमा लिग चरण देखि अपराजित रहेका पाकिस्तानको यात्रालाई अष्ट्रेलियाले राकिदिएको हो ।
उपाधिको प्रबल दावेदार मानिएको पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेर सबैलाई चकित बनाईदिएका छन् । उपाधिको लागि न्यूजिल्याण्ड भिड्न्त हुनेछन् ।
अबुधाबीमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले अन्तिम ओभर खेल्नु अघि ५ विकेट गुमाएर पुरा गरे । ९६ रन बनाउँदा ५ विकेट गुमाएको अष्ट्रेलियालाई ४८ बलमा ८१ रन चाहिएको थियो । उत्कृष्ट पारी खेलेका म्याथु वेड र मार्कस स्टोइनिसले छैटौं विकेटका लागि अविजित ८१ रनको साझेदारी गरे ।
निर्णायक १९ औं ओभर बन्यो । शाहिन शाह अफ्रिदीले बलिङ गरेको त्यो ओभरको तेस्रो बलमा वेडले जीवनदान पाएका थिए । लगतै चौथो, पाँचौं र छैटौं बलमा लगातार तीन छक्का हान्दै उनले टिमलाई जित दिलाए । वेड ४१ र स्टोइनिस ४० बलमा अविजित रहे । डेभिड वार्नरले ४९ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनाएको थियो । मोहम्मद रिवाजले ६७ र फखार जमानले अविजित ५५ रन जोडेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै