उपराष्ट्रपति रामसहाय प्रसाद यादवद्धारा गढीमाई मन्दीरमा पुजा अर्चना

0 Shares
वरियारपुर(महागढीमाई वारा), १७ मंसिर । विश्वप्रसिद्ध पञ्चबर्षीय गढीमाई मेलामा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गढीमाई मन्दीरमा उपस्थित भई पुजा पाठ एवं प्रार्थना गरेका छन् ।
उपराष्ट्रपति यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर वारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्वर १ स्थित वरियारपुरमा रहेका गढीमाई मन्दीरमा सोमबार बिहान साढे १० बजे उपस्थित भई पुजा दर्शन गरेक हुन् ।
त्यस अवसरमा मन्दिरका मुख्य पूजारीबाट उपराष्ट्रपति यादवले टिका प्रसाद समेत ग्रहण गरे । गढीमाई मेलाको अवसर पारेर बाराको बरियारपुरस्थित रहेको गढीमाई मन्दिरमा बिदेशी पर्यटकहरुको समेत घुइँचो लाग्न थालिसकेका छन् ।
गढीमाईको दर्शन गर्न भारत सहित एसिया महादेशको विभिन्न देशबाट दर्शनार्थीहरु आउने गर्दछन् । यस बर्षको गढीमाई मेला मंसिर १ गते देखि सुरु भइसकेको भएपनि आज देखि अर्थात मंसिर १७ गते आजदेखि विशेष पुजा सुरु भएको छ । उक्त पुजाको विधिवत रुपमा दियो बालेर उपराष्ट्रपति यादवले उदघाटन गरे ।
गढीमाई माता समक्ष मागिएको भाकल पुरा भएपछि श्रद्धालु भक्तजनहरु पशु बलि दिने गरेको छ । पशु बलीको लागि बिश्वमै प्रसिद्ध रहेको गढीमाई मेलामा मंसिर २३ गते राङा र मंसिर २४ गते खसी र बोकाको बलि दिइने कार्यक्रम रहेको मेला मूल ब्यवस्थापन समितिका अध्ययन एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।
विश्व प्रसिद्ध गढीमाई मेला सुरु भए संगै नेपालका उपराष्ट्रपति लगायत शिर्ष दलका नेताहरु र मन्त्रीहरुलाई मन्दीरमा आएर पुजा एवं दर्शन गर्न सम्पूर्णलाई आमन्त्रण गरिएको जानकारी मेयर यादवले दिए । मेलामा नेपाली देखि भारतीय राजनेताहरुको अगमन हुनुनै गढीमाई माता प्रतिको श्रद्धा भक्तिलाई दर्शाउछन् ।
गढीमाई मन्दिर दर्शन गर्न आएका उपराष्ट्रपति रामसहाय यादवलाई महागढीमाई नगरपालिकाका मेयर यादव सहितका मेला मुल ब्यवस्थापन समितिले भब्य स्वागत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।