सुरक्षा घेरामा रामनगर गाउँपालिका, पार्टी र धार्मिक कार्यक्रमलाई सम्हाल्न सुरक्षा निकायलाई हम्मे हम्मे

0 Shares
सर्लाही, १७ मंसिर । सर्लाहीको रामनगर गाउँपालिकामा नेपाली काँग्रेस सर्लाहीले वृहद पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएका छन् ।
नेपाली काँग्रेस सर्लाहीद्धारा रामनगर गाउँपालिका वडा नम्वर १ मा सोमवार आयोजित वृहद पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएका हुन् भने वडा नम्वर ३ मा नेकपा माओवादी निकट शिवपुजन यादवले गढीमाई मन्दीरलाई आजकै दिन उदघाटन गर्ने कार्यक्रम राखिएको दुबै कार्यक्रमबाट कुनै अप्रिय घटना हुन नदिन सर्लाही प्रहरी प्रशासन चनाखो भएर सुरक्षा व्यवस्थालाई अतिनै कडा पारेको छ ।
काँग्रेसका वृहद पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री एवं काँग्रेसका नेता विमलेन्द्र निधी सहितका केन्द्रीय नेताहरुको उपस्थित र गढीमाई मन्दीर उदघाटनमा पनि स्थानीयहरुको उपस्थितिले गर्दा दुबै कार्यक्रमको फायदा अन्य तत्वहरुले नउठाउन भनेर सर्लाही प्रशासनलाई सुरक्षा व्यवस्था राम्रो बनाउन हम्मे हम्मे भएको छ ।
रामनगर गाउँपालिकाका शिवपुजन यादव र धनकौल गाउँपालिका घर भएका नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति एवं पूर्व मन्त्री विरेन्द्र सिंह बीच राजनीतिक तनाव उत्पन्न नहोस भनेर सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको बताइएको छ । दुबै कार्यक्रम स्थलको दुरी बढिमा ५ सय मिटर मात्रै रहेको हुँदा गाउँपालिका बाहिर र भित्र सुरक्षा व्यवस्थालाई अत्यन्तै बाक्लो बनाइएको हाम्रो संवाददाताले खवर गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा स्वतन्त्र साँसद अमरेश सिंहको समर्थक रहेका राहुल वर्मा र विष्ण यादव सहित १५ सय, लोसपा परित्याग गरेर लिलादेवी मिश्रको नेतृत्वमा ८ सय, माओवादीबाट सयौं जना उक्त पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको जिल्ला सभापति सुरेन्द्र सिंहले बताए ।
उक्त कार्यक्रममा माननिय जंगिलाल यादव, पूर्व स्वास्थ्य मन्त्री एवं मधेश प्रदेश उपसभापति विरेन्द्र सिंह सहित दर्जनौं नेताहरुको उपस्थिति रहेको थियो ।
यता नेकपा माओवादीका नेता एवं माननिय शिवपुजन रायले निर्धारित रहेका गढीमाई मन्दीरको उदघाटन कार्यक्रममा प्रभावित बनाउन आजकै दिन नेपाली काँग्रेसले यसै पालिकामा कार्यक्रम राखेर धर्म प्रतिको वितृष्णा खडा गरेको गम्भीर आरोप लगाए । धार्मिक क्षेत्रलाई समेत काँग्रेसका यस्ता नेताहरुको गलत कार्यबाट रामनगर गाउँपालिकाबासी चिन्तित बनेको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।