गौरबाट ठूलो परिमाणमा लागुऔषध गाँजा सहित २ जना पक्राउ

516 Shares

तराई टप संवाददाता
रौतहट, २६ कार्तिक । रौतहट सदरमुकाम गौरबाट ठूलो परिमाणमा लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटलाई पाएको विशेष सूचनाको आधारमा उक्त कार्यालयबाट चेकजाँचमा खटिएका प्रहरीले ९.३० बजेको समयमा गौर नगरपालिका वडा नम्वर ४ स्थित शिवांगी पेट्रोल पम्पको उत्तर तर्फ पार्किंग गरी राखिएको ना ८ ख ५९४३ नम्वरको मिनी ट्रकमा लागुऔषधको १२ वटा पोका बरामद भएको रौतहट प्रहरीको एसपी विनोद घिमिरेले जानकारी दिएको हो ।
बरामद भएको प्रत्येक पोकामा साढे १५ किलोग्रामको दरले १२ वटा पोकामा १८६ किलोग्राम गाँजा बरामद गरिएको छ । गाँजा संग मिनी ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १२ घर भएका बर्ष २५ का सिकिन्द्र गोले र सोही वडा घर भएका १९ बर्षिय रिक्तम तामाँगलाई नियन्त्रणमा लिएको जानकारी दिदै एसपी घिमिरेले लागुऔषध हो भनेर कसैलाई बुझ्न नदिन फल्स बटम बनाएर १२ वटा पोका तराय पारिएर गौर सम्म ल्याउन सफल भएपनि विशषे जानकारीको आधारमा उनीहरुको योजनालाई विफल बनाउन सफल भएको उनले स्पष्ट पारे ।
ठूलो परिमाणमा बरामद गरिएको लागुऔषध सहित नियन्त्रणमा रहेका दुई जनालाई जिल्ला अदलात गौरबाट लागुऔषध मद्दामा न्यायीक हिरासतमा राखि आवश्यक अनुसन्धान गर्न म्याद थप गरिएको उनले बताए । अहिले सम्म यत्रो परिमाणमा लागुऔषध नियन्त्रणमा लिनु रौतहटमा पहिलो पटक भएको बताइएको छ ।

सम्बन्धित समाचार