लाखौंको भिडमा गढीमाई मन्दीरमा पुजा अर्चना गरे कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठ

0 Shares
बरियारपुर (वारा), १८ मंसिर । नेपालका सरकारका उपप्रधान र सहरी विकास मन्त्री प्रकाशमान सिंहद्धारा मंगलवार विश्वप्रसिंद्ध पञ्चबर्षीय गढीमाईको मेलामा उपस्थित भई मन्दीरमा पुजा दर्शन गरेका छन् ।
नेपाल भारत सहित विश्वमा प्रसिद्ध रहेका वारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्वर १ वरियारपुर स्थित शक्ति पिठका रुपमा रहेकी गढीमाई मन्दीरमा आज विहान उस्थित भई माताको दर्शन एवं पुजा गरेको मेला मूल व्यवस्थान समितिले जनाएका हुन् ।
कार्यबाहक प्रधानमन्त्री समेत रहनु भएका सिंहलाई मन्दीरमा महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं मेला मूल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले भव्य रुपमा स्वागत गर्दै माता प्रतिको भक्ति भाव एवं गढीमाईको वारेमा जानकारी गराए ।
मन्दीरमा पुजा गर्ने समयमा नेपाल सरकारमा वन राज्य मन्त्री रुपा विश्वकर्माले समेत माता संग भाकल माग्दै दर्शन गरिएको बताइएको छ ।
मन्त्री सिंहले गढीमाईको पुजा अर्चना पश्चात त्यहाँ लागेका मेलाको अवलोकन समेत गरेको जानकारी गराउदै मेला मूल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले यहाँ नेपाल भारत सहितका विभिन्न देशहरुबाट मेला भर्न आउने श्रद्धालु भक्तजनहरुलाई एक पटक अवलोकन गर्न हरेक क्षण लोभ्याईरहेको समेत उलने बताए ।
श्रद्धालु भक्तजनहरुलाई अलिकति पनि नराम्रो फिल नहुने सम्पूर्ण प्रबन्ध मिलाइएको, मेलामा शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति गरिएको, दैनिक लाखौं भक्तहरुको भिडभाड बढेपनि शान्तिपूर्वक पुजा दर्शन गर्नेहरु लामबद्ध भएर लागेको हुँदा गएको मेला भन्दा धेरै व्यवस्थित एवं सभ्य बनाइएकोले निर्धक्क भई माताको दर्शन गरी सच्चा मनले मागिएको भाकल पुरा हुने उनले विश्वास व्यक्त गरे ।
नेपालको मात्रै नभई सीमापारी भारत विहार, उत्तरप्रदेश, उडिसा, पश्चिम बंगाल लगायतका सरकारलाई समेत निमन्त्रणा गरिएको हुँदा त्यहाँबाट पनि भिभिआइपीहरु आउने गरेका छन् । मेला अत्यन्तै रोचक बन्दै गएको विशेष पुजा सुरु भईसकेको हुँदा यहाँ आउनेहरु सभ्य भएर यहाँका सकारात्मक सन्देशलाई प्रवाह गरिदिनहुन समेत नगरप्रमुख एवं मेला व्यवस्थापन समितिका अध्यक्ष यादवले आग्रह गरे ।
मंसिर २३ गते राँगाको बलि र २४ गते बोका बलि हुने दिनमा अत्यन्तै भिड हुँने भएको हुँदा यहाँ आउनेहरु एकदमै आफूलाई खयाल गरेर राख्नुपर्ने बताउदै मंसिर ३० गते मेला समापन हुने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।