ओमप्रकाश यादव
सुन्दरपुर(गढीमाई रौतहट), १८ मंसिर । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले रौतहटको सुन्दपुरमा लाग्ने पञ्चबर्षीय गढीमाई मेला महोत्सव २०८१ को एक समारोहका विच मंगलवार उदघाटन गरे ।
वर्तमान नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री समेत रहेका कार्यवाहक प्रधानमन्त्री सिंहले गढीमाई नगरपालिका वडा नम्वर ४ सुन्दरपुर स्थित गढीमाई मन्दीर परिसरमा लाग्ने पञ्चबर्षिय मेलाको एक समारोहका बीच उनले उदघाटन गरेका हुन् ।
मंसिर १८ देखि मंसिर २६ गते सम्म चल्न उक्त गढीमाई मेला महोत्सवलाई सभ्य एवं भव्य बनाउनका लागि उपप्रधानमन्त्री सिंह रौतहट आए । गढीमाई मेलाको उदघाटन गर्दै उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंहले वर्तमान सरकारले देशको अर्थ तन्त्रलाई लयमा ल्याउने गरी काम गरिरहेको बताए । यस अघि राजनीतिक अस्थिरताका कारण बिग्रेको अर्थ तन्त्रलाई यो सरकारले व्यापक सुधार गर्न लागि परेको उनले स्पष्ट पारे ।
देशको अर्थतन्त्र सुधार गर्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओली सहितका मन्त्रीहरु अहिले चीन भ्रमणमा रहेको उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले देशको अर्थ तन्त्र मजबूत र चलायमान बनाउन निकै टेवा पुग्ने विश्वास व्यक्त गरे ।
विदेशी मित्र राष्ट्रहरुसंग अनुदान लिएर भएपनि सरकारले देशलाई विकसित र समृद्ध बनाउन कुनै कसर बाँकी नराखेको जिकिर गर्दै मन्त्री सिंहले देशलाई विकासको गतिमा अगाडि बढाउन, गरिवी र बेरोजगारी अन्त्य गर्न सरकारले विदेश राष्ट्रहरुसंग अनुदान लिने कार्यलाई पहिलो प्राथमिकता दिएको उनको कथन थिए ।
बाराको गढीमाई पछिको विश्वमै प्रसिद्ध रौतहटको सुन्दरपुर स्थित लागेको दोस्रो ठूलो गढीमाई मेलाको उद्घाटन गर्न पाउँदा र गढीमाईको दर्शन गर्न पाउँदा आफू निकै गौरवान्वित भएको उनले बताए । पञ्चबर्षीय गढीमाई मेलाको सफलताको शुभकामना दिए ।
मेलामा मंसिर २० गते दिउँसो भारतीय भोजपुरी सुपर स्टार खेसारीलाल यादव आउँदैछन् ।
मेला उदघाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा प्रसाद यादव, मधेश प्रदेशका अर्थ मन्त्री सुनिल भन्ने जितेन्द्र कुमार यादव, प्रदेश सांसद शेख फूलबाबु, गढिमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, माधव नारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव, गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल लगायतका व्यक्तिहरूको सहभागिता रहेको गढीमाई नगरपालिकाको प्रवक्ता तथा मेला व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन