बारा, १९ मंसिर । विश्वप्रसिद्ध पञ्चबर्षीय गढीमाई मेलाको सुरक्षा अवस्था बुझ्न एवं पुजापाठ गर्न गृहमन्त्री रमेश लेखक बुधवार वरियारपुर स्थित गढीमाई मन्दीरमा उपस्थित भई पुजा अर्चना गरेको छ ।
नेपाल सरकारका गृहमन्त्री लेखक विहानै वारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्वर १ वरियारपुर स्थित रहेकी शक्ति पिठको रुपमा स्थापित नेपाल भारत सहित विश्वप्रसिद्ध माता गढीमाईको पञ्चबर्षीय मेलालाई शान्त, सभ्य, भव्य, अपराधरहित बनाउने उद्देश्यबाट सुरक्षाको वास्तविक अवस्था बुझ्न आज आउनु भएको हो ।
गृहमन्त्री लेखक गढीमाई मन्दीरमा पुजा अर्चना एवं दर्शनका लागि पुगेपछि महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं पञ्चबर्षिय मेला व्यवस्थापन मुल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले भव्य रुपमा उनको स्वागत गरे । गृहमन्त्री लेखक माताको दर्शन पश्चात पुजा अर्चना गरेर पुजारी संग आशिष लिएको बताइएको छ ।
लाखौं श्रद्धालुभक्तजनहरुको भिडभाड भएको स्थानमा गृहमन्त्री उपस्थित भई पुजा गर्नु र सुरक्षाको अवस्था बुझ्न आएकोमा मेला व्यवस्थापन समिति अध्यक्ष यादव सहित सम्पूर्ण समितिले गृहमन्त्री प्रति कृत्तज्ञयता प्रकट गरे ।
विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तर एउटै ठूलो पहिचान दिएकोले गढीमाई मन्दिरको संरक्षण लगाएत मेलालाई सभ्य र भब्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले बताए । गढीमाई मेलालाई ब्यवस्थित बनाउनको लागि आफुले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाकी नरहने गरी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताए ।
मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले सुरक्षामा कुनै कसर बाकी नरहने आवश्यक परेमा ठप्प सुरक्षाकर्मीलाई मेलामा खटाईने गृहमन्त्री लेखकले सन्चारकर्मीहरु संगको कुराकानिमा बताए ।
मन्दीरमा पुजा अर्चना र दर्शन पश्चात वारा पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीहरु, वारा र पर्साका नेपाल प्रहरी, सशस्त्र प्रहरीका एसपीहरु, मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी, सशस्त्र प्रहरीका डिआइजी संग भेटेर मेलामा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाई सुक्ष्म निगरानी राख्न निर्देशन गृहमन्त्री लेखकले दिए ।
मेलामा आउने हरेक श्रद्धालुभक्तजनहरुको सुरक्षामा कुनै कमि नहोस, सुरक्षा निगरानी राख्न सिसि टिभी क्यामरा, सुरक्षा सर्वेलान्स, हरेक उपकरणको प्रयोग गरेर निगरानी गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिए ।
यसअघि वरियारपुर स्थित गढीमाई मन्दीरमा पुजा अर्चना र दर्शन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, वन राज्य मन्त्री, लगायत प्रदेशका मन्त्री, राष्ट्रसेवक कर्मचारीहरु आइसकेका छन् ।