सर्लाहीको बलरा नपाको गडहियामा भव्यताका साथ विज्ञान प्रदर्शनी मेला सम्पन्न

0 Shares

राधेश्याम कुशवाहा
सर्लाही, २० मंसिर । सर्लाहीको बलरा नगरपालिकाको गडहिया डुमरियामा आयोजना गरिएका देशकै पहिला विज्ञान प्रदर्शनी मेला २०८१ बाट यहाँका विद्यार्थीहरुका लागि धेरै फायदा भएको आयोजकले निष्कर्ष निकालेका छन् ।
बलरा नगरपालिकाको आर्थिक लगानीमा वडा नम्वर ८ गडहिया डुमरिया स्थित श्री जनता माध्यमिक विद्यालयमा देशमै पहिलो पटक दुई दिवशीय विज्ञान प्रदर्शन मेला हिजो बुधवार सम्पन्न भएका हुन् । उक्त प्रदर्शनीबाट विज्ञान तथा नयाँ प्रविधि तर्फ रुची राख्ने विद्यार्थीहरुका लागि कोशेढुंगा सावित भएको आयोजक समिति एवं बलरा नगरपालिकाको मेयर रामाशंकर कुशवाहाले विश्वास व्यक्त गरे ।
“विज्ञान र नविनतम प्रविधिको यात्रामा सबैको साथ र सहभागिता” भन्ने मुल नारा सहित विज्ञान तथा प्रविधि संग सम्बन्धित बाल प्रतिभा खोजि कार्यक्रम विषयक सर्लाही जिल्ला स्तरिय विज्ञान प्रदर्शनी मेला भव्यताका साथ सम्पन्न भयो ।
दुई दिवशीय विज्ञान प्रदर्शनी मेलालाई संघिय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भटटराइले उदघाटन गरेका थिइन । मेला उदघाटनका लागि सर्लाही पुगेका मन्त्री भटटराईलाई कार्यक्रममा भव्य स्वागत गरिएको थियो ।
सो प्रदर्शनी मेला तथा कर्यक्रममा प्रतियोगिताका लागि ७४ वटा परियोजना रहेको थियो भने प्रदर्शनीका लागि एक सय भन्दा बढी परियोजना रहेको थियो ।
१४ वटा स्थानिय तहको ३७ वटा विद्यालयले सहभागिता रहेको थियो । कर्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्च पास र स्वागत नृत्य मार्फत प्रमुख अतिथिलाई स्वागत गरेका थिए । विभिन्न विद्यालयले सांस्कृतिक कार्यक्रम तथा नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
विज्ञान प्रदर्शनी मेलामा उत्कृष्ट भएका विद्यालयलाई पुरस्कार वितरण


विज्ञान प्रदर्शनी मेलाको दोस्रो दिन प्रमाणपत्र पत्र वितरण तथा पुरस्कार वितरण वितरण समारोहका अतिथि नेपालका महान वैज्ञानिक तथा राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुनको उपस्थिति रहेका थिए । उनको हातबाट प्रर्दशनीमा भाग लिएका सम्पुर्ण विधालयलाई प्रमाणपत्र तथा विजेता विद्यालयलाई पुरुस्कार वितरण गरिएको बलरा नगरपालिकाले जनाए ।
विज्ञान प्रदर्शनी मेलामा उत्कृष्ट भएका माध्यमिक विद्यालयहरुमा लाली गुराँस इंग्लिस ऐकेडेमी, इश्वरपुर नपा ६ सर्लाही प्रथम, जनता माध्यमिक विद्यालय कौडेना गापा ३ पर्सा दोश्रो र चक्र जनता सहिद गंगा माध्यमिक विद्यालय बरहथवा ५ तेश्रो, जनता मावी गोडैता नपा ५ रामवन र रामसखी मोहित सिंह जनता मावी बलरा ४ लाई सान्त्वना पुरस्कार दिइयो ।


यसैगरी आधारभुत विद्यालय तर्फ जनज्योति नमूना मावि लालबन्दी नपा १० प्रथम, महेन्द्र जनता मावि वागमती नपा ११ कर्मैया दोश्रो, सागरमाथा आधारभुत आवासीय विद्यालय मलंगवा १० तेश्रो, नवजनजागरण मावी वागमती नपा ८ शंकपुर र श्रीमती कृष्णादेवी जनता मावी मलंगवा ९ लाई सान्त्वना पुरस्कार दिएको आयोजक समितिले जनाए ।
प्रतियोगिता र प्रदर्शनीमा भाग लिएका विद्यालयहरू तथा अवलोकनमा सहभागी भएका शिक्षक, विद्यार्थी एवं शिक्षाप्रेमी, बुद्धिजीवीहरू प्रति बलरा नगरपालिकाको मेयर रामाशंकर कुशवाहाले आभार व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।