zoom meeting login app zoom download files download zoom on windows 10 s mode http//zoom.us/download en espa├▒ol why won't zoom install on my laptop how do i mute myself on zoom app

नेपाली काँग्रेस सर्लाहीको निर्वाचन समितिको अधिकृतद्धारा राजिनामा

   २६ कार्तिक २०७८, शुक्रबार १५:२५  

तराई टप संवाददाता
सर्लाही, २६ कार्तिक । अधिवेशनको विषयलाई लिएर विवाद उत्पन्न हुँदा नेपाली कांग्रेस सर्लाहीको अधिवेशनको लागि तोकिएका जिल्ला निर्वाचन अधिकृतले राजीनामा दिएका छन् ।
निर्वाचन अधिकृत विनोद कार्कीले जिल्ला अधिवेशन अन्तर्गत जिल्लामा निर्वाचन हुने वातावरण नरहेको हुदा पदबाट राजीनामा दिएको बताए । कार्कीलाई कांग्रेसले कार्तिक १७ गते १४ औँ महाधिवेशन अन्तर्गत जिल्ला निर्वाचन सम्पन्न गर्नको लागि जिम्मेवारी तोकेको थियो ।
सोही अनुसार जिल्लामा सबै पक्षसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन खोज्दा सहमति नभएपछि निर्वाचनको वातावरण नरहेकोले पदबाट राजिनामा दिएको उनले बताए । उनले केन्द्रीय निर्वाचन समितिमा राजीनामा पत्र बुझाइसकेका छन् । निर्वाचन अधिकृत कार्कीले पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेस सर्लाहीमा वडा अधिवेशन अनिश्चित देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै