पर्सा सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको वयान लिने कार्य जारी

0 Shares
फायल तस्वीर
वीरगञ्ज, २५ मंसिर । सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई विरगञ्ज स्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराई वयान लिने कार्य सुरु भएको छ ।
रास्वपा अध्यक्ष एवं पूर्व गृह मन्त्री लामिछानेले ऋण सहकारी संस्थाको रकम अपचलन गरेको प्रकरणमा उनलाई पर्सा जिल्ला सदरमुकाम वीरगञ्ज स्थित सरकारी कार्यालयमा उपस्थित गराएर वयान लिने कार्य सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतबाट लामिछानेलाई बिहान १० बजे जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा उपस्थित गराई बयान सुरु गरिएको पर्साका एसपी कुमुध ढुङ्गेलले जानकारी दिए ।
लामिछानेलाई कास्की प्रहरीको हिरासतबाट सोमबार काठमाडौँ हुँदै सिमरा,  हवाईजहाज मार्फत पर्सा ल्याइयो । त्यसअघि सोमबार उनको मेडिकल जाँच गरिएको थियो, जहाँ उनको सामान्य भन्दा बढी रक्तचाप देखिएको थियो ।
लामिछाने सहित १४ जनाविरुद्ध सानो पाइला सहकारीको रकम अपचलन प्रकरणमा पर्सा जिल्ला अदालतले १९ मंसिरमा पक्राउ पुर्जी जारी गरेको थियो । सानो पाइला सहकारीका पूर्वसंरक्षक जीबी राईसहितको टोलीले सहकारी ऐन विपरीत कार्यक्षेत्र बाहिर रकम लगानी गरेको आरोप लागेको छ । करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेको सहकारीले कार्यक्षेत्र बाहिर ९२ करोड रुपैयाँ लगानी गरेको खुल्न आएको छ ।
जीबी राईले सञ्चालक रहेको नेचर हब इन्टरनेशनललाई १ करोड ३७ लाख, नेचर नेस्ट प्रालिलाई १ करोड ८५ लाख, र स्प्रिङ वुड रियल स्टेटलाई १ करोड १ लाख ऋण दिएको छ । यस्तै विशाल तामाङलाई ६ करोड ८३ लाख, छविलाल जोशीलाई १ करोड ८६ लाख, तीर्थराज लामिछानेलाई १ करोड ६ लाख, र विमला पौडेललाई २ करोड ७ लाख ऋण प्रवाह गरिएको तथ्य सार्वजनिक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।