विश्वप्रसिद्ध पञ्चबर्षीय गढीमाईको मेला आईतवार सकिदै

0 Shares
वारा, ३० मंसिर । विश्व प्रसिद्ध पञ्चबर्षीय गढीमाईको एक महिने मेला आज आईतवार सकिदैछ ।
वाराको महागढीमाई नगरपालिका वडा नम्वर १ वरियारपुरमा रहेको विश्व प्रसिद्ध, शक्तिपिठको स्थापित रहनु भएकी गढीमाई माताको पुजा एवं मेला मंसिर १ गतेबाट सुरु भई मंसिर ३० गते सकिन लागेको हो ।
विश्व प्रसिद्ध पञ्चबर्षीय गढीमाई मेलाको तयारी देखि सम्पन्न गराउन सम्म महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं मेला मुल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादव देखि लिएर विभिन्न उपसमिति र महागढीमाई नगरबासीको सहयोगमा एकदमै सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुन गईरहेको बताइएको छ ।
एक महिने मेलामा करिव ढाई करोड भन्दा बढि श्रद्धालुभक्तजनहरुको उपस्थिति भई माताको दर्शन एवं पुजा गरेको जानकारी दिदै नगरप्रमुख यादवले गढीमाईको मुख्य आकर्षण भनेको श्रद्धालुभक्तजनहरुको चढाउने भाँकल नै हो तर बली प्रथामा अवरोध पुर्याउने हरेक तवरबाट प्रयास गरियो तर माताको आशिर्वादले सवै कार्य विनाविध्न पुरा भएकोमा खुशी व्यक्त गरे ।
गढीमाईमा नेपाल भारतका विभिन्न खेलतमाशाले रौनकता बढाए, मेलामा कृषि क्षेत्रलाई बढावा दिन एवं विभिन्न जातका बोट विरुवाहरुको साथ उत्पादनलाई बढावा दिने खालका स्टलहरु राखिएको थियो, स्थानीय बासिन्दाहरु सहित बाहिरबाट आएका व्यवसायीहरुको राम्ररी व्यापार चलेको, वरियारपुर क्षेत्र विश्वकै ध्यान आफू तर्फ तान्न सफल भएकोमा सबै प्रति नगरप्रमुख उपेन्द्र प्रसाद यादवले आभार प्रकट गरे ।
यो मेला विधिवत रुपमा सकिन लागेको भएपनि यस स्थानको आकर्षणमा कुनै कमि नआउने तथा माघे संक्रान्ति सम्म मेलाहरु चलिरहेको उनले स्पष्ट पारे । हजारौं हजार खशीबोकाको बलि चढेको तथा १० हजार भन्दा राँगाको बलि चढेको हुँदा माताको आशिर्वादले यस क्षेत्र नेपालकै धार्मिक पर्यटनको क्षेत्रमा स्थापित भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।