भारतीय नम्वरको सवारीसधानलाई नियतबस दुख दिएमा कारवाही हुनेः डिआइजी आचार्य

0 Shares

पर्सा । नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी लालमणि आचार्यले भारतीय नम्बरको सवारी साधनलाई हेर्ने वित्तिकै नियतबस दुःख दिने प्रहरीलाई कारवाही गर्ने चेतावनी दिएका छन्।
डिआईजी आचार्यले भारतीय पर्यटकहरूले प्रत्यक्ष रूपमा सहज महसुस हुनेगरी प्रहरीलाई काम गर्न निर्देशन दिएका हुन् । ‘प्रहरीले गलत नियतले भारतीय पर्यटक चढेका सवारी साधन चेकजाँच गर्ने छैनन् । यदि कसैले नियोजित रूपमा दुःख दिएको पाइएमा कडा कारबाही गरिने डीआईजी आचार्यले चेतावनी दिए ।
पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र होटेल तथा पर्यटन व्यवसायी संघ पर्साको संयुक्त आयोजनामा वीरगञ्जमा आयोजित “पर्यटन सुरक्षा र प्रवर्द्धनमा पर्यटक प्रहरी, व्यवसायी र स्थानीयको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा डिआईजी आचार्यले भारतीय नम्बर प्लेटका सवारी साधनमा प्रहरीबाट कुनै किसिमको अवरोध नहुने बताए । कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाँले मधेसमा पर्यटन प्रवर्द्धनका लागि ठोस योजना ल्याइने प्रतिबद्धता जनाएका थिए भने कार्यक्रममा होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले पर्यटन व्यवसायीहरूले भोग्नुपरेका समस्यामाथि प्रकाश पार्दै समाधानका लागि ठोस पहल गर्न आग्रह गरेका थिए । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख डिएसपी रिपेन्द्रकुमार सिंहले पर्यटक प्रहरीले गरेका कामबारे जानकारी दिँदै पर्यटकहरूसँग सम्बन्धित एउटा डकुमेन्ट्रीको प्रदर्शन गरेका थिए ।
कार्यक्रममा ठोरी गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठ, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, हान मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधान, होटेल व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष विद्यालाल प्रसाद साह, महासचिव माधव बस्नेत, र होटेल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य हिरा श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।