रौतहटको ग्रामिण भेगका सडकमै धान र परालको चाँग लगाउदा दुर्घटनाको जोखिम

0 Shares

ओम प्रकाश यादव
रौतहट, १ पुस । यतिखेर किसानहरुलाई धान भित्रयाउने चटारो लागेको छ तर धानको भारी र पराल सडकमै थुपारेर चाँग लगाउदा दुर्घटनाको जोखिम बढेका छन् ।
जिल्लाको ग्रामिण भेगका सडकमा नै किसानहरुले धानको भारी राखेर दाई गर्ने र पराल थुपारेर चाँग लगाउने बानीका कारण यहाँका सडकमा सवारी दुर्घटनाको जोखिम बढेर गएका हुन् ।
किसानहरुले सडकमै पराल र धानको भारी थुपारेर राख्दा सावधानी पूर्वक सवारी साधन नगुडाए कुनैपनि बेला पनि दुर्घटना भई ठूलो मानवीय क्षति हुनसक्ने अवस्था रहेको देवाहि गोनाही नगरपालिका ५ का राम सेवक रायले बताए । खासगरेर ग्रामीण भेगका सडकको दुवै साईडमा सडक च्यापेर किसानहरूले पराल र धान राखेको भएपनि सम्बध निकाय मौन रहदा यस्ता परमपरा बढदै गएको उनले गुनासो गरे ।
त्यति मात्र नभइ किसानहरुले धान थ्रेसर बाटोमै लगाइदिने गरेका छन् । बाटोमै धान र पराल थुपार्ने गरेका कारण सवारी साधनमा हिड्डुल गर्न समस्या हुने गरेको यादवले बताए । मानिस हिड्ने र सवारी हिडने सडकमा धान थ्रेसर बाट दाई गर्ने गरेको हुँदा बाटो भएर हिड्दा आँखा तथा नाकबाट धुँलो र भुसका कणहरु शरिर भित्र प्रवेश गरेर विभिन्न समस्या उत्पन्न हुने गरेको उलने बताए ।
जिल्लाको देवाही गोनाहि, गढिमाई, वृन्दावन, गौर गंगापिपरा समनपुर सडक खण्ड लगायत विभिन्न पालिकाको ग्रामिण सडक अहिले किसानहरुका कारण अस्तव्यस्त बनेको छ ।
बाटोमै धान र पराल थुपार्ने तथा थ्रेसर लगाउने गरेका कारण दुर्घटनाको जोखिम बढेको भए पनि सम्बन्धित निकायले यस समस्याप्रति कुनै ध्यान नदिएको स्थानीयहरुले गुनासो गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।